काठमाडौं– सामसङले लोकप्रिय टप–टायर फोल्डेबल फोन फेरि नेपाली बजारमा सार्वजनिक गरेको छ।
कम्पनीले सासमङका ग्यालेक्सी जेड फ्लिप४ र ग्यालेक्स जेड फोल्ड ४ नेपाली बजारमा उपलब्ध गराएको हो। लामो समयदेखि सामसङका फोल्डेबल फोन नेपाली बजारमा पाइन छाडेको थियो।
फोल्डेबल फोनसँगै कम्पनीले विभिन्न अफरहरु पनि सार्वजनिक गरेको छ। ग्यालेक्स जेड फोल्ड४ खरिद गर्दा त्यसमा १० हजार रुपैयाँ थप गरेमा ४९ हजार रुपैयाँ मूल्य पर्ने नयाँ ४६ मिमिको ग्यालेक्सी वाच४ क्लासिक पनि प्राप्त गर्न सकिने कम्पनीले बताएको छ। जसबाट ग्राहकलाई ३९ हजार रुपैयाँ बचत हुन गई अत्यधिक लाभ हुनेछ।
यसैगरी, अर्को आकर्षक अफर अन्तर्गत ग्यालेक्सी जेड फ्लिप४ खरिद गर्दा त्यसमा ५ हजार रुपैयाँ थप गरेमा २७ हजार ९९९ रुपैयाँ मूल्य पर्ने ग्यालेक्सी बड्स२ प्रो अफरमा पाउने कम्पनीले बताएको छ। जसबाट ग्राहकलाई २२ हजार ९९९ रुपैयाँ बचत हुने कम्पनी बताउँछ।
जेड सिरिजले बजारमा उपलब्ध गराएका फोनहरुमा मुख्य फोल्डेबल फोन बनेर पहिले नै एक क्रान्तिकारी अवधारणा स्थापित गरिसकेको र यो अफर खास गरेर प्रेमिल महिनाको रुपमा चर्चित फेब्रुअरीलाई लक्षित गरेर प्रदान गरिएको कम्पनीले जनाएको छ।
कम्पनीनका अनुसार यो अफर फेब्रुअरी महिनाको २८ तारिखसम्म लागू हुनेछ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।