काठमाडौं– इन्टरनेट र टेलिभिजन सेवा प्रदायक कम्पनी भायानेटले देशका तीन ठाउँमा नयाँ शाखा विस्तार गरेको छ।
भायानेटले मोरङको उर्लाबारी, तनहुँको आँबुखैरेनी र दाङको लालमटियामा शाखा सञ्जाल विस्तार गरेको हो।
पछिल्लो समय ग्राहकले भायानेटको अल्ट्रा-फाई जस्ता योजनाहरूमार्फत सुपथ मूल्यमा उच्चस्तरको इन्टरनेटसँगै १७५ भन्दा बढी च्यानल भएको भायाटिभीको मजा लिन पाउने कम्पनीले जनाएको छ।
भायानेटले नेपालमा पहिलो पटक फाइबर अप्टिक इन्टरनेट सेवा उपलब्ध गराएको थियो भने सन् २०१६ मा यसले नेपालमा पहिलो आईपी टिभी सेवाको पनि सुरुआत गरेको थियो। तीव्र गतिको स्तरीय इन्टरनेट सेवा प्रदायकको रुपमा परिचित भायनेट आईएसओ ९००१:२०१५ प्रामाणिक कम्पनी हो।
भायनेटले आफ्ना ग्राहकहरूलाई विश्वस्तरीय, गुणस्तरीय सेवा प्रदान गर्न नोकिया, जुनिपर, सिस्को र सियना जस्ता अत्याधुनिक प्रविधिमैत्री विश्वका प्रसिद्ध ब्राण्डहरूसँग सहकार्य गरेको छ। अत्याधुनिक प्रविधिको ब्रोडब्याण्ड सेवासँगै गुणस्तरीय टेलिभिजन सेवा प्रदान गरिरहेको कम्पनीको दाबी छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।