काठमाडौं– बक्स अफिसमा सुरुवाती दिनमा धुम मच्चाएको बादशाह शाहरुख खानको फिल्म पठानको कमाई विस्तारै कम हुँदै गएको छ।
फिल्म रिलिजको तेस्रो विकेन्डमा फिल्मले एक हजार करोड भारतीय रुपैयाँ पार गर्ने अनुमान गरिएको थियो। तर यो हुन सकेन। अब एक हजार करोड भारतीय रुपैयाँ आम्दानी गर्न अझै सबै लाग्ने देखिन्छ।
यशराज फिल्मसका तर्फबाट सोमबार दिउँसो पठानको आम्दानी सार्वजनिक गरिएको थियो। उक्त आम्दानी आइतबारसम्मको हो।
पठानले भारतमा करिब ५८८ करोड भारतीइ रुपैउाँ र विदेशमा ३५८ करोड भारतीय रुपैयाँ आम्दानी गरेको छ।
भारतीय इतिहासमा सबैभन्दा छिटो धेरै आम्दानी गर्ने फिल्म पठान भएको यशराज फिल्मस्को दाबी छ। आइएमडीबी वेबसाइडका अनुसार पठान सबैभन्दा धेरै आम्दानी गर्ने पाँच भारतीय फिल्मको सूचीमा आबद्ध भइसकेको छ।
सबैभन्दा धेरै आम्दानी गर्ने पाँच भारतीय फिल्म
१.दंगल
रिलिज–२०१६
आम्दानी–१९२४ करोड भारतीय रुपैयाँ
२.बाहुबली–२
रिलिज–२०१७
आम्दानी–१७४९ करोड भारतीय रुपैयाँ
३.केजीएफ–२
रिलिज–२०२२
आम्दानी–१२०७ करोड भारतीय रुपैयाँ
४.आरआरआर
रिलिज–२०२२
आम्दानी–११९० करोड भारतीय रुपैयाँ
५.पठान
रिलिज–२०२३
आम्दानी–९३७ करोड भारतीय रुपैयाँ(१९ दिनको आम्दानी)
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।