काठमाडौं– नेपालको अग्रणी सिमेन्ट उद्योग शिवम् सिमेन्टद्वारा “शिवम्सँग उपहार टन्न” उपहार योजनाको मासिक लक्की ड्र अन्तर्गत दोस्रो महिनाको भाग्यशालीको नाम सार्वजनिक गरिएको छ।
उपभोक्ता तर्फ ३० जना र विक्रेता तर्फ ४० जना विजेताहरुको नाम लक्की–ड्र मार्फत सार्वजनिक गरिएको शिवम् सिमेन्टले जनाएको छ। यसअघि पुस २६ गते लक्की–ड्र मार्फत पहिलो महिनाको भाग्यशाली विजेताहरुको छनोट गरिसकेको थियो।
हालसम्म लक्की–ड्रबाट उपभोक्तातर्फ ६० जना तथा विक्रेतातर्फ ८० जना भाग्यसाली विजेता बनि सकेका छन् भने क्गचभ कजयचत पुरस्कारमार्फत् १ लाख ५० हजारभन्दा बढीले सुन, चाँदी तथा नगद उपहार प्राप्त गरेका छन्।
शिवम् सिमेन्टले यही मंसिर १८ गते देखि “शिवम्सँग उपहार टन्न” नामक नेपालकै सर्वाधिक धनराशीको उपहार योजना सार्वजनिक गरेको थियो। जस अन्तर्गत प्रत्येक २० बोरा शिवम् सिमेन्ट खरिदमा ग्राहकले एउटा हातखाली नहुने स्क्र्याच कुपन प्राप्त गरि रु. २०० देखि रु. ५०० सम्म नगद वा १५ ग्राम चाँदीको सिक्का वा २.५० ग्रामदेखि ५ ग्रामसम्म सुनको सिक्का वा सुनको सिक्री पक्का उपहार राखिएको थियो।
यस्तै सोही कुपनको अर्धकट्टीमा नाम, टेलिफोन नम्बर र ठेगाना लेखि मासिक लक्की ड्र तथा मेघा लक्की ड्रमा भाग लिनसक्ने व्यवस्था मिलाइएको थियो। यस योजनामा छोटो समयमै ग्राहकको उल्लेख्य संख्यामा सहभागिता रहेको कम्पनीले जनाएको छ।
सोमबार सम्पन्न लक्की ड्र कार्यक्रममा उपभोक्ता तर्फ प्रथम पुरस्कार बापत २ भाग्यशाली जोडी बाग्मती–पोखरा क्षेत्रबाट विकास कोईराला र उपत्यका बाहिरबाट राम प्रवेश यादवले थाइल्यान्ड भ्रमणको अवसर प्राप्त गरेका छन्।
यस्तै दोस्रो पुरस्कार अन्तर्गत दिया लक्ष्मी, शिवराज उप्रेती, साकुरा पावर र रौनक कुमार झा सहित ४ जोडी विजेताले हेलिटुर पुरस्कार वापत जितेका छन्। तेस्रो पुरस्कार अन्तर्गत फेवा कन्ष्ट्रक्शन, दिपेन्द्र कुमार झा, केशव कुमार, शर्मिला केसी, नितु मानन्धर तथा थप एकजना सहित ६ जनाले आधा–आधा केजी चाँदी उपहार प्राप्त गरेका छन्।
चौथो पुरस्कार वापत ८ जनालाई हिराको औंठी तथा अन्य पुरस्कार १० जोडीले माउन्टेन फ्लाइट उपहार स्वरुप जितेका छन्। त्यस्तै आज सम्पन्न लक्की–ड्र कार्यक्रममा पहिलो लक्की–ड्र मार्फत उपहार जित्न सफल मेची–कोशी क्षेत्रका उपभोक्ता तथा वितरकहरुलाई पुरस्कार समेत वितरण गरिएको थियो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।