काठमाडौं– सेगवे नाइनबटको नेपालका लागि आधिकारिक विक्रेता आइहब प्रा.लि लेएन–सिरीज अन्तर्गतको नयाँ ई–स्कुटर सार्वजनिक गरेको छ।
अलि बढी पावरको साथ अझ प्रभावशाली, नाइनबट एन-१०० एन सिरीज अन्तर्गत नेपाली बजारमा सार्वजनिक पहिलो ई–स्कुटर हो। एन-१०० सहरी क्षेत्रको यात्रामा शैली, आराम र दक्षता ल्याउन डिजाइन गरिएको आधुनिक गतिशीलताको लागि नयाँ समाधान भएको कम्पनीको दाबी छ।
जसले सवारी चालकहरुलाई नयाँ र उच्चस्तरको सुविधा प्रदान गर्दछ। सेगवेले ग्राहकहरुको उपस्तिथतिमै भर्खरै बजारमा ल्याउँदै गरिएको एन-१०० लगायत अन्य उत्पादनहरू अनुभव गर्नको लागि रमाइलो कार्निभल आयोजना गर्ने जनाएको छ।
कार्यक्रम यही माघ २७ देखि फाल्गुन ५ गतेसम्म ललितपुरको झम्सिखेलमा हुनेछ। सहभागीहरूले सेगवेका नयाँ उत्पादनहरूको टेस्ट राइड गर्ने र सेगवेका अन्य नवीन उत्पादनहरूसँग रेसिंग सेगवेमार्फत अनुहारमा मुस्कान ल्याउने विशेष अवसर हुने कम्पनीले अपेक्षा गरेको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।