काठमाडौं– गीत संगीतलाई आत्मसाथ गर्दै अगाडि बढिरहेको अर्ना बियरले आफ्नो नयाँ गीत ‘पानी हैन मलाई अर्ना दे’ गत शुक्रबार सार्वजनिक गरेको छ।
नेपाल हिपप् रेकर्ड्सले प्रस्तुत गरेको यो गीत अर्ना सङ्ग कन्टेस्ट २०२२ को विजेता समेत बन्न सफल भएको थियो। १० लाख पुरस्कार राशीका विजेता बन्न सफल यस गीतको म्यूजिक भिडियोमा आकर्षक र मनमोहक दृश्यहरु प्रस्तुत गरिएको छ।
गत आइतबारदेखि सार्वजनिक भएको गीतको हुक लाइन हाल टिकटकमा निकै नै चर्चामा रहेको छ। गीतमा रहेको मनमोहक बीटहरूमा टिकटकरहरुको उत्साहजनक सहभागिताले यस गितलाई टिकटकको ट्रेन्डिङ्गको उचाईमा पुर्याएको कम्पनीको भनाइ छ।
साधारण र बोलीचालीको शब्द प्रयोग गरी लेखिएको यो गीत नाच्न रमाउने सबैका लागि उपयुक्त यस गीतलाई तपाईंले अर्ना म्यूजिकको यूटूब च्यानल वा अर्ना बियरको सबै समाजिक संजालहरुमा सजिलै हेर्न सकिने कम्पनीले जनाएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।