काठमाडौं– अमेरिकाले अलास्काको आकाशमा निकै उचाईमा उडिरहेको एक अज्ञात वस्तुलाई फाइटर जेटबाट प्रहार गरेर खसालेको छ। अमेरिकी राष्ट्रपति जो बाइडेले उक्त अज्ञात वस्तु खसाल्ने निर्देशन दिएका थिए।
रक्षा मन्त्रालयका प्रवक्ता जोन किर्बीले एक कारको आकार बराबरको उक्त अज्ञात वस्त यात्रु र विमानका लागि खतरा बनेका कारण खसालिएको बताएका छन्।
उनले यो वस्तु कहाँबाट आएको र यसको उद्देश्य के हो भन्नेबारेमा पत्ता लाग्न नसकेको जानकारी दिए। केही दिनअघि मात्रै अमेरिकाले आफ्नो आकाशमा उडिरहेको चिनियाँ बेलुन खसालेको थियो।
शुक्रबार ह्वाइट हाउसमा जोन किर्बीले अलास्काको आकाशमा देखिएको अज्ञात वस्तुलाई सेनाको एफ–२२ फाइटर जेटले खसालेको जानकारी दिएका थिए। उक्त वस्तु अलास्काको आकाशमा ४० हजार फिटको उचाईमा उडिरहेको थियो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।