• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
बुधबार, असोज ७, २०८३ Wed, Sep 23, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
पर्यटन-उड्डयन

हिउँ कुर्दै पर्यटन व्यवसायी

64x64
रासस शनिबार, माघ २८, २०७९  १३:३०
1140x725

कास्की– यहाँको उच्च पहाडी र हिमाली क्षेत्र हिउँ खेल्नेका लागि प्रख्यात छ। यो समयमा यस क्षेत्रका डाँडा र गाउँमा हिउँ खेल्ने पर्यटकको ओइरो देखिन्थ्यो। तर, यो वर्ष अहिलेसम्म हिउँ नपर्दा यहाँका डाँडातिर पर्यटक उक्लिएका छैनन्। हिउँ नपरेका कारण पर्यटकको कमी भएपछि यहाँका पर्यटन व्यवसायी चिन्तित छन्।

मादी गाउँपालिका–२ क्रपुडाँडामा गएको वर्ष दैनिक २०/२५ जना पर्यटक हिउँ खेल्न पुग्थे। अहिले मुस्किलले तीन/चार जनामात्र पुग्ने गरेका छन्। पर्यटकीय गाउँ ताङतिङको शिरान क्रपुडाँडा हिउँ खेल्नेका लागि सबैभन्दा नजिकको गन्तव्य हो। अहिलेसम्म हिउँ नपर्दा पर्यटकको उपस्थिति कम भएको क्रपुडाँडाका पर्यटन व्यवसायी हिमाल गुरुङले जानकारी दिए। यहाँ चार वटा होटल छन्। 

‘अघिल्लो वर्ष यही समयमा यहाँका होटलले थेग्नै नसक्ने गरी पाहुना आएकामा यो वर्ष दैनिक तीन/चार जना मात्र आएका छन्, यो सङ्ख्या निकै कम हो’, गुरुङले भने। उनका अनुसार यो वर्ष पर्यटक कुरेर बस्नुपर्ने अवस्था छ। ‘क्रपुमा पर्यटकको चहलपहल बढी हुने नै हिउँ पर्ने समयमा हो’, पर्यटन व्यवसायी गुरुङले भने, ‘अघिल्लो वर्ष दसैँतिहारपश्चात् ग्रुप आउन सुरु हुन्थ्यो तर यो मुस्किलले तीन/चार जना आउने गरेका छन्।’ 

पर्यटकीय गाउँ सिक्लेसमा पनि हिउँ नपर्दा पर्यटक नपुगेको स्थानीय बेल गुरुङले बताए। ‘हिउँ नपरेपछि पर्यटक सङ्ख्या घटेको छ। दैनिक दैनिक एक सयभन्दा बढी पर्यटक आउने गरेकमा अहिले दैनिक २०/२५ जना पाहुना आउने गरेका छन्’, उनले भने। सिक्लेससँगै हुगुगोठ, कपुचे, कोरीलगायत हिउँ पर्ने स्थानमा पनि पर्यटक घटेकाले व्यवसायी चिन्तित भएका छन्।

पानी र हिउँ नपरेपछि सिक्लेसमा खेतीपातीमा समस्या भएको गुरुङले बताए। ‘पानी त बुधबार अलिअलि पर्यो तर हिउँ पर्न सकेन्। जसले गर्दा पर्यटन व्यवसाय धरापमा परेको छ। खेती गर्न पनि समस्या छ’, गुरुङले भने। उनका अनुसार पानी र हिउँ नपर्दा आलु, गहुँ, जौ, आलु, तोरी, हरियो मटरकोशा, टमाटर, सागलगायत बाली सप्रिन पाएका छैनन्।

Ncell 2
Ncell 2
nimb
nimb

जिल्लाको मर्दी हिमाल पदयात्रामा पर्यटकको चहलपहल घटेपछि यस क्षेत्रका पर्यटन व्यवसायी चिन्तित छन्। हिउँ खेल्न जाने पर्यटक पदयात्रामा नआएका लो क्पाम्प गेस्ट हाउस एन्ड रेस्टुरेन्टका सञ्चालक अमृत तामाङले बताए। ‘पयर्टकका लागि यो अफ सिजन हो, अघिल्ला वर्षमा हिउँ खेल्न जाने पर्यटकले व्यवसाय धानेको थियो’, तामाङले भने, ‘यो पटक पानी नपरेपछि हिउँ पनि परेन, पर्यटक पनि आएका छैनन्। व्यवसाय धान्न गाह्रो छ।’ उनका अनुसार हिउँ पर्ने समयमा मर्दी हिमाल पदयात्रामा हिउँ खेल्नकै लागि दुई सयभन्दा बढी पर्यटक पुग्ने गर्थे। तर, यो सिजनमा मुस्किलले ४०/५० जना पर्यटन जाने गरेका छन्। 

यहाँको अर्को पर्यटकीय स्थल घान्द्रुक गाउँमा पनि हिउँ नपर्दा पर्यटकको सङ्ख्यामा कमी आएको छ। घान्द्रुक पर्यटन व्यवसायी समितिका अध्यक्ष विक्रम गुरुङका अनुसार पर्यटकका लागि अफ सिजन भएकाले पर्यटक कम भएका हुन्। ‘अलि बढी चिसो भए घान्द्रुकमै हिउँ पर्छ तर माथिल्लो भेग देउराली, टाढापानीमा हिउँ परेपछि त्यहाँ जाने धेरै हुन्थे’, अध्यक्ष गुरुङले भने, ‘यो पटक के भएको हो खै ? हिउँ पनि परेन, पर्यटक पनि त्यति छैनन्।’ 

कास्कीको कोरी, कपुचे, हुगुगोठ, सिक्लेस, क्रपुडाँडा, ताङतिङ, घान्द्रुकसँगै हिमालको आधार शिविर जाने पदमार्गअन्तर्गत गाउँ तथा डाँडामा भारी हिउँ पर्छ। तर, यो वर्ष पानी नपरेपछि यी स्थानमा हिउँ पर्न सकेको छैन। पानी र हिउँ नपर्नुको मुख्य कारण जलवायु परिवर्तन भएको वन प्राविधिक समाज कास्कीका अध्यक्ष केदार पौडेलले बताए। ‘संसारभर तापक्रम वृद्धि हुँदै गएको छ। ३० वर्ष पहिलाभन्दा एक डिग्री सेल्सियसमा तापक्रम बढेको छ’, अध्यक्ष पौडेलले भने, ‘यसले गर्दा पानी पर्यो भने पनि एक दर्को मज्जाले पर्ने अनि पर्दैन। सुक्खा खडेरी पर्ने तथा हिम नदी सुक्ने अवस्था आएको छ।’ 

लामो समय वन तथा वातावरणका क्षेत्रमा काम गर्नुभएका पौडेलले यस्तै भइरहे अबको एक सय वर्षमा अहिले भइरहेका हिमनदी करिब आधा सुक्ने बताए। कार्बनडाइअक्साइडको मात्रा बढेकाले यस्तो अवस्था भएकाले सरोकारवाला निकाय सजग हुनुपर्ने उनको भनाइ थियो।

प्रकाशित मिति: शनिबार, माघ २८, २०७९  १३:३०

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
रासस
लेखकबाट थप
दूधमा आत्मनिर्भर काभ्रेः ७० प्रतिशत आपूर्ति अन्यत्र जिल्लामा
पर्याप्त सिचाइँ सुविधा नहुँदा गण्डकीमा अपेक्षित रोपाइँ हुन सकेन
सशस्त्र प्रहरीद्वारा ३८ करोड मूल्य बराबरका भन्सार छलीका सामान बरामद
सम्बन्धित सामग्री
फ्लाई दुबईबाट पोखरा आउने यात्रुलाई होटल र रेष्टुराँमा छुट होटल सङ्घ पोखराले फ्लाई दुबईबाट आउने यात्रुलाई तीन महिनासम्म होटलमा २५ प्रतिशत छुट दिने जनाएको छ । हालसम्म ५० होटल छुट योजनामा सहभाग... मंगलबार, असोज ६, २०८३
जुफालबाट देखिने मुकुटेश्वरी हिमाल (तस्बिर) डोल्पाको ठुलीभेरी नगरपालिका–८ स्थित जुफाल विमानस्थल पुग्ने यात्रुलाई मुकुटेश्वरी हिमालको मनमोहक दृश्यले सहजै आकर्षित गर्छ। शुक्रबार, असोज २, २०८३
काँक्रेविहारमा लगानी बढाउँदै कर्णाली, पर्यटन गन्तव्य बनाउने तयारी सुर्खेतको वीरेन्द्रनगरमा रहेको काँक्रेविहार अहिले केवल पूजा–आराधना गर्ने धार्मिक स्थलको रुपमा नभई ऐतिहासिक महत्त्व बोकेको छ। आइतबार, भदौ २८, २०८३
ताजा समाचारसबै
भोटेकोशी बाढी अपडेट : १४ सय ५२ शव फेला‚ १४ सय २२ को पहिचान अझै भएन बुधबार, असोज ७, २०८३
बीपी राजमार्गमा १० टनसम्मका मालवाहक सवारी चल्ने, टोखा–छहरेमा राति आवागमन बन्द बुधबार, असोज ७, २०८३
कोशी र बागमतीका केही स्थानमा भारी वर्षाको सम्भावना बुधबार, असोज ७, २०८३
परराष्ट्रमन्त्री खनाल र अमेरिकी उपविदेशमन्त्रीबीच भेटवार्ता बुधबार, असोज ७, २०८३
यस्तो छ आजका लागि विदेशी मुद्राको दर, अमेरिकी डलरको मूल्य कति? बुधबार, असोज ७, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
प्रतिनिधि सभामा रास्वपा सांसदको बोली बन्द!, किन रोके सभामुखले? [भिडियोसहित] मंगलबार, असोज ६, २०८३
रेशम चौधरीको कैद मिनाहा सदर, राष्ट्रपतिको निर्णयविरुद्धको रिट खारेज मंगलबार, असोज ६, २०८३
चिनी बिनाकाे कालो कफी सेवनका फाइदाहरु मंगलबार, असोज ६, २०८३
त्रिपुरेश्वर बस आगलागी : मृतकको लाइसेन्समा अर्कैको नाम, पहिचान खोज्दै प्रहरी मंगलबार, असोज ६, २०८३
प्रधानमन्त्री शाहको अमेरिका भ्रमण, के–के छ तालिका? मंगलबार, असोज ६, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
भोटेकोशी बाढीः चीन र भारतबाट लिनुपर्छ क्षतिपूर्ति रेनुका पौडेल
द ग्रेजोनको प्रतिवेदन र भूराजनीतिक दाउपेच गणेश अम्गाई
जलबायू न्यायका लागि नेपालले के गर्ने ? प्राध्यापक डा सूर्यप्रसाद सुवेदी
‘इजोत’को ज्योति प्रज्वलित गर्ने ॐको स्मृति धर्मेन्द्र विह्वल
सबै हेर्नुहोस
ब्लग
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
करदाता प्रोत्साहन उपहारमा ३२ विजेता घोषणा, दुई जनाले जिते १०–१० लाख बिहीबार, असोज १, २०८३
४२ उपसचिवको सरुवा, प्रमुख प्रशासकीय अधिकृतसहित को कहाँ पुगे ? शुक्रबार, असोज २, २०८३
गृहले गर्‍यो एकैपटक ७० कर्मचारीको सरुवा, को कहाँ पुगे ? (सूचीसहित) आइतबार, असोज ४, २०८३
बंगालको खाडीमा बनेको विकसित न्यून चापी प्रणालीको असर नेपालमा, मौसम विभागले जारी गर्‍यो चेतावनी आइतबार, असोज ४, २०८३
चाबहिल र कपनबाट १५ हजार बढी पिस हुक्काको फ्लेभर बरामद शुक्रबार, असोज २, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्