एजेन्सी– अमेरिकी मिडिया कम्पनी डिज्नीले ७ हजार कर्मचारी कटौती गर्ने निर्णय गरेको छ। कम्पनीका सिइओ बब इगरले यसबारे जानकारी दिएका छन्।
डिज्नी प्लसकफ स्ट्रिमिङ सर्भिसलाई मुनाफामा लैजानका लागि र ५.५ अर्ब डलरको लागत बचाउनका लागि कर्मचारी कटौती गर्ने निर्णय गरिएको हो।
बब इगर नोभेम्बरमा कम्पनीमा फिर्ता आएका थिए। त्यसपछि नै उनले वित्तीय नतिजामा पहिलो निरीक्षण गरेका थिए। डिज्नी प्लसलाई सन् २०१९ मा लञ्च गरिएको थियो।
यो लञ्चपछि कमाईमा वृद्धि भए पनि सब्सक्राइबर्समा भने कमी आएको थियो। उनले भने, ‘कम्पनीलाई दिन लागिएको नयाँ आकारले खर्च कम हुने हामीलाई विश्वास छ। यो निर्णयले हाम्रो स्ट्रिमिङ कारोबारको आम्दानी वृद्धि गर्नेछ।’
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।