काठमाडौं– द ब्रिटिस इन्टरनेशनल कलेजले बास्केटबल प्रतियोगिता आयोजना गर्ने भएको छ। उक्त प्रतियोगिता यही फेब्रुअरी २६ देखि हुनेछ। टिबीसी स्पोर्टस् कलेजद्वारा आयोजना हुने यस प्रतियोगितामा १५ कलेजमा समूहबीच प्रतिस्पर्धा हुनेछ।
प्रतियोगिताको विजेता टिमले ५० हजार नगद र उपविजेताले २५ हजार रुपैयाँ नगद पुरस्कार प्राप्त गर्नेछन्। ब्रिटिस कलेजकै बास्केटबल कोर्टमा हुने खेल लिग–कम नकाउट फर्म्याटमा हुनेछ।
उक्त प्रतिस्पर्धामा स्नातकमा अध्ययनरत विद्यार्थीहरुको मात्र सहभागिता रहने कलेजले जनाएको छ। यस्तै राष्ट्रिय तथा अन्तर्राष्ट्रिय प्रतियोगितामा खेलिसकेका खेलाडीहरु सहभागी हुन पाउने छैनन्।
बास्केटबल प्रतियोगितामा सहभागी हुनका लागि १० हजार रुपैयाँ दर्ता शुल्क लाग्ने आयोजकले जनाएको छ। २२ फेब्रुअरी दर्ताका लागि अन्तिम दिन तोकिएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।