काठमाडौं– ग्लोबल आइएमई बैंकले नयाँ विशेषताका साथ ‘मेरी उनीलाई’ मुद्धती खाता योजनाल्याएको छ । हाल कायम ‘मेरी उनीलाई’ मुद्धती खातालाई परिमार्जन गरी यो योजना संचालनमा ल्याइएको हो ।
यस योजनाअन्तर्गत महिलाको नाममा बचत गर्न वा बचत गर्ने बानी बसाल्न, व्यक्तिगत खातामा महिलालाई राम्रो प्रतिफल दिन र महिलालाई आर्थिक रुपमा सशक्त बनाउन अझ बढि टेवा पुग्ने बैंकले जनाएको छ ।
दुई लाख रुपैयाँ न्युनतम मौज्दातमा खोल्न सकिने ‘मेरी उनीलाई’ मुद्धती खातामा आकर्षक ब्याज प्राप्त हुनेछ । यो खाता ६ महिनादेखि २वर्षसम्मका लागि खोल्न सकिनेछ । बचत गर्ने बानीलाई प्रोत्साहन गर्न यो योजनामा रु. ५० हजार भन्दामाथिको रकम आवश्यकताअनुसार म्याद पुग्न ३ महिना अगाडिसम्म थप गर्दै जान सकिने व्यवस्था पनि रहेको छ ।
यस खातासँगै बैंकले निक्षपकर्ताहरुको ५ लाख रुपैयाँसम्मको दुर्घटना बीमा, २लाख रुपैयाँसम्मकोगम्भीर रोग बीमा र१ लाख रुपैयाँसम्मको औषधी–उपचार बीमा उपलब्ध गराइदिनेछ ।
यसका साथै यस योजनाअन्तर्गत खाता खोल्ने ग्राहकलाई निःशुल्क डेबिट कार्ड (पहिलो वर्ष), लकर शुल्कमा शतप्रतिशत छुट (पहिलो वर्ष) र निःशुल्क मोबाइल तथा इन्टरनेट बैंकिङ्ग सेवा (पहिलो वर्ष) उपलब्ध गराइने छ ।साथै बैंकले साविक बचतको ९० प्रतिशतसम्म ऋण सुविधा पनि उपलब्ध गराउने छ ।
यसै योजनाअन्तर्गत निश्चित अवधिको मुद्धती खाता खोल्ने ग्राहकले घर कर्जाको सेवा शुल्कमा विशेष छुट समेत पाउने बैंकले जनाएको छ ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।