काठमाडौं– संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किरातीले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको अनुगमन गरेका छन्। उनी अनुगमनका लागि बिहीबार बिहान साढे ५ बजे विमानस्थल पुगेका थिए।
अनुगमनमा पुगेका मन्त्री किरातीले विमानस्थल सरसफाई गर्ने मदजुरको तारिफ गरेका छन्।
‘दिनरात चौबिसै घण्टा खटेर देशको अनुहार (एयरपोर्ट) सफा बनाउने मजदुर (ब्युटिसियन)हरूलाई हार्दिक धन्यवाद!’, उनले भनेका छन्, ‘आंशिक सुधार हुँदैछ। आशा गरौं पूर्ण सुधार हुने नै छ। एयरपोर्ट मात्र होइन एक दिन यो देश नै सफा हुनेछ।’
अनुगमनका क्रममा उनले विमानस्थलको भित्री र बाहिरी कक्ष, शौचालय, आगमन कक्षको अवलोकन गर्दै व्यवस्थित र सुरक्षित राख्न निर्देशनसमेत दिएका छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।