काठमाडौं– सशस्त्र प्रहरी बल (एपीएफ) नेपालमा ९ महिनादेखि रिक्त रहेको नायब महानिरीक्षक (डीआईजी)का लागि चार जना सशस्त्र प्रहरी वरिष्ठ उपरीक्षकहरू बढुवा सिफारिस भएका छन्।
गृह मन्त्रालयका अनुसार एसएसपीहरू सुरेशकुमार श्रेष्ठ, अन्जनीकुमार पोख्रेल, दीपेन्द्र शाह र पुरषोत्तम थापा डीआईजीमा बढुवाका लागि सिफारिस भएका हुन्। बढुवा सिफारिसका विषयमा चित्त नबुझे सात दिनभित्र उजुरी सुन्ने समितिमा उजुरी दिन भनिएको छ।
कुल १६ डीआईजीको दरबन्दी रहेकोमा राजु अर्यालय गत वैशाखमा आईजीमा बढुवा भएदेखि नै दरबन्दी रिक्त हुँदै आएको थियो। गत वैशाख १८ गते अर्याल आईजीमा बढुवा भएपछि डीआईजी पद रिक्त हुन सुरु गरेको थियो।
उनीसँगै नारायणदत्त पौडेल र चन्द्रप्रकाश (सीपी) गौतम एआईजीमा बढुवा भएपछि सशस्त्रमा ३ डीआईजी पद रिक्त भयो। त्यसपछि एआईजीको दरबन्दी थप गर्दै गत भदौ ६ गते वंशीराज दाहाललाई एआईजीमा बढुवा गरेपछि सशस्त्रमा ४ डीआईजीको दरबन्दी रिक्त भएको थियो।
सोही रिक्त पदमा बढुवाका लागि चार एसएसपीहरूलाई सिफारिस गरिएको हो।
सम्बन्धित समाचार :
सशस्त्रमा ९ महिनादेखि रिक्त रहेको डीआईजी पदमा बढुवा प्रक्रिया सुरु, को–को छन् प्रतिस्पर्धी?
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।