किभ– जर्मनी, डेनमार्क र नेदरल्याण्ड्सले युक्रेनलाई लियोपार्ड–१ युद्ध ट्याङ्क उपलब्ध गराउने प्रतिबद्धता व्यक्त गरेका छन्। तीनवटै मुलुकले आगामी महिनामा एक सय थान लियोपार्ड–१ युद्ध ट्याङ्क उपलब्ध गराउने घोषणा मङ्गलबार गरेका हुन्।
युक्रेनमाथि आक्रमण भएको एक वर्ष पुग्ने दिन अर्थात् यही महिनाको २४ तारिखमा क्रेमलिनले भीषण आक्रमण गर्ने ठानेको किभले आफ्नो सैन्यस्थिति सुदृढ तुल्याउन ती ट्याङ्क समयमै प्राप्त हुने अपेक्षा गरेको छ। गत महिना जर्मनीले आफ्नै देशमा निर्मित लियोपर्ड–२ ट्याङ्क युक्रेनलाई प्रदान गर्ने प्रतिबद्धता जनाएको थियो।
रुसको सम्भावित आक्रमणको सामना गर्न जर्मनी, डेनमार्क र नेदरल्याण्ड्सका रक्षामन्त्रीले एक संयुक्त वक्तव्यमा लियोपर्ड युद्ध ट्याङ्क सहायताको एउटा प्रमुख हिस्सा भएको बताएका छन्। प्रशिक्षक र ट्याङ्कको मर्मतसम्भारका सामग्री पनि सहयोगमा समावेश गरिएको छ।
युक्रेनी रणमैदानमा ठूलो क्षति झेलेर लज्जित भएको रुसले पराजयको बदला लिन घातक आक्रमण गर्ने त्रासमा युक्रेनी छन्। क्रेमलिनको प्रयास पहिहले जितेका क्षेत्रमा पुनः कब्जा जमाउनु हो।
गैरकानुनी रुपमा कब्जा गरिएका क्षेत्रमाथि आफ्नो आधिपत्य जमानउन रुसी सेनाले पूर्वी र दक्षिणा भेगमा आक्रमण गर्ने आशङ्कामा प्रतिकारका निम्ति युक्रेनले हातहतियार सङ्कलनकका साथै नयाँ सैनिक जवानलाई तालिम दिइरहेको छ। रुस पनि हतियार प्राप्ति र सैन्य तालिम सुदृढ बनाउन तल्लीन छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।