इस्लामावाद– आतङ्कवादीविरुद्ध पाकिस्तानी सेनाले उत्तरपश्चिम खैबर पाख्तुनख्वा प्रान्तमा गरेको कारबाहीमा १२ जना आतङ्कवादी मारिएका छन्। गएराति गरिएको सैनिक कारबाहीमा ती मारिएका हुन्।
गुप्तचर सूचनाका आधारमा गरिएको कारबाहीमा प्रतिबन्धित तेहरिक–ए–तालिबान पाकिस्तानसँग सम्बन्धित आतङ्ककारी मारिएका राष्ट्रिय सेनाको मिडिया शाखा इन्टरसर्भिसेस पब्लिक रिलेसन (आइएसपीआर) ले बुधबार जारी गरेको विज्ञप्तिमा जनाइएको छ।
कारबाहीका क्रममा आतङ्कारीहरूबाट हतियार, गोलाबारुद र विदेशी मुद्रा पनि बरामद गरिएको छ। कारबाहीस्थल र त्यसको वरपर सुरक्षा बलले खोजतलास जारी राखेको छ। अघिल्लो सातादेखि नै सुरक्षा निकायले उक्त प्रान्तमा आतङ्कवादीका गतिविधिमाथि निरन्तर निगरानी गरेको थियो।
अफगानिस्तान र पाकिस्तानको सीमामा सक्रिय पाकिस्तानी तालिवान समूहले सन् २००७ देखि पाकिस्तानमा आतङ्कवादी गतिविधि गरिरहेको छ। विभिन्न इस्लामिक सशस्त्र लडाकु समूहसँग आबद्ध तेहरिक–ए–तालिबानले निर्दोष नागरिक र भौतिक सम्पत्तिमाथि हमला गर्दै आएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।