काठमाडौं– नेत्रविक्रम चन्द ’विप्लव’ नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीले आह्वान गरेको नेपाल बन्दको देशभरी सामान्य प्रभाव परेको छ। तर बिद्यालय भने अधिकांश बन्द भएका छन्।
राजधानीमा अधिकांश निजी बिद्यालयहरु बन्द छन्। बिद्यार्थीको सुरक्षाको कारण देखाउँदै उनीहरुले बन्द गरेका छन्। केही बिद्यालय भने खुलेका छन्।
काठमाडौंमा बन्दको ठूलो असर नपरेको काठमाडौं परिसरका एसपी रामदत्त जोशीले बताए। २ जनालाई जमलमा बमसहित पक्राउ गरिएको र केही स्थानमा शंकास्पद वस्तुहरु भेटिएको उनको भनाई छ।
स्कुल बसमा आगजनी
बन्दकर्ताले मकवानपुरको टिष्टुङमा स्कुल बसमा आगजनी भएको छ।
मंगलबार बिहान ६ बजे बसमा आगजनी भएको छ। काठमाडौं लैजादै गरेको बसमा आगजनी भएको हो।
उता बुटवलस्थित भारतीय पेन्सन क्याम्पको शौचालयम बिष्फोट भएको छ।
नवलपरासीमा उनीहरुले २ वटा ट्रक जलाएका छन्।
पार्टीका दोस्रो बरियताका नेता खड्कबहादुर बिश्वकर्मा ‘प्रकाण्ड’ लगायत नेतालाई पक्राउ गरेको विरोधमा उनीहरुले बन्दको आह्वान गरेका हुन्। व्यवसायीलाई धम्काएर सात करोड असुलेको आरोपमा उनीहरु पक्राउ परेका हुन्। चन्दा मुद्दामा उनीहरुविरुद्ध प्रहरीले कारबाही अघि बढाएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।