सउल– दक्षिण कोरियाका राष्ट्रपति युन सुक–योलले मङ्गलबार सरकारी अधिकारीहरुलाई विनाशकारी भूकम्पबाट प्रभावित टर्कीमा तत्काल सहायता पठाउन आदेश दिएका छन्।
मन्त्रिपरिषद्को बैठकमा युनले दक्षिणी टर्की र सिरियामा गएको ७।८ म्याग्निच्युडको भूकम्पमा ज्यान गुमाएका ४ हजार भन्दा बढी मानिसहरूप्रति गहिरो समवेदना व्यक्त गरेको राष्ट्रपति कार्यालयले जनाएको छ।
दक्षिणी टर्की र सिरियामा गएको शक्तिशाली भूकम्पमा परी ४ हजारभन्दा बढी मानिसको मृत्यु भएको राष्ट्रपति कार्यालयले जनाएको छ। युनले आफ्ना प्रमुख कर्मचारी र राष्ट्रिय सुरक्षा सल्लाहकारलाई टर्कीका लागि आपतकालीन सहायता उपायहरू तयार गर्न निर्देशन दिएका छन्।
टर्कीमा उद्धारकर्मी र चिकित्सा आपूर्तिहरू पठाउन जरुरी भएको पनि उनले बताएका छन्। अप्ठ्यारोमा परेको टर्कीलाई दक्षिण कोरियाले सहयोग गर्नु स्वाभाविक हुने बताउँदै ठूलो मात्रामा जनधनको क्षति भएको भूकम्पलाई एउटा देशको विपद्भन्दा पनि अन्तर्राष्ट्रिय विपद्का रूपमा हेर्नुपर्ने उनको भनाइ छ।
प्रेस मामिलाका वरिष्ठ राष्ट्रपतिका सचिव किम युन हेले पत्रकारहरूलाई भने कि देशको अन्तर्राष्ट्रिय उद्धार टोलीका करिब ६० सदस्य टर्कीमा पठाइनेछ। किमले भने, ‘राष्ट्रपतिले सम्बन्धित मन्त्रालयहरूलाई उद्धारकर्मीहरू छिटो पठाउन आदेश दिनुभएको छ।’
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।