काठमाडौं– एसियन पेन्ट्सले नेपाली बजारमा ‘स्मार्ट केयर हाइड्रोलक’ नामक पेन्ट्स ल्याएको छ। कम्पनीले नेपाली उपभोक्ताको घरको भित्तामा हुने एफ्लोरेसेन्स (नुनिया)को समाधानको आवश्यकतालाई ध्यान दिँदै नयाँ उत्पादन बजारमा ल्याएको हो।
यो उत्पादन पेनिट्रेटिभ वाटर प्रुफिङ समाधान भएको कम्पनीको दाबी छ। यसले वाटर प्रुफिङ तथा नुनियाविरुद्ध ३ वर्षसम्मको वारेन्टी दिने कम्पनीले जनाएको छ। कम्पनीका अनुसार प्रयोग गर्न सबैभन्दा सहज हुनु नै हाइड्रोलकको सबैभन्दा राम्रो पक्ष हो।
यसलाई प्लास्टर गरिएको भित्तामा सजिलै प्रयोग गर्न सकिने कम्पनीले जनाएको छ। यो पेन्ट हाइड्रोलक उत्कृष्ट डुअल टेक्नोलोजीका साथ आउने हुनाले ‘वाटर प्रुफिङको च्याम्पियन’का रूपमा स्थापित गरिएको कम्पनीको दाबी छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।