काठमाडौं– आज दिनभर सामान्यतया देशभरको मौसम सफा रहने भएको छ। अधिकांश ठाउँमा आशंकिदेखि सामान्य बदली हुने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।
यस्तै आज उच्च पहाडी तथा हिमाली क्षेत्रका केही स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ। अन्य ठाउँमा भने मौसम आंशिकदेखि सामान्य बदली हुनेछ। तराईका जिल्लामा दिउँसोसम्म नै हुस्सु लाग्ने अनुमान गरिएको छ। अहिले नेपालमा पश्चिमी न्यून चापीय प्रणालीको प्रभाव परेको छ।
यही प्रणालीको प्रभावका कारण चिसो हावासमेत चल्न थालेको छ। तर, पानी पर्ने सम्भावना भने तत्काललाई नरहेको महाशाखाले जनाएको छ। सामान्यतया भोलिदेखि मौसम सफा हुँदै जाने बताइएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।