तस्बिरः प्रदीपराज वन्त/रासस
काठमाडौं– मन्त्रिपरिषद्को बैठक बसिरहेको छ। बैठक सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा बसिरहेको छ।
बैठकले विभिन्न मन्त्रालयहरुको नियमित कामसहित सुरक्षा निकाय सम्बन्धी केही महत्त्वपूर्ण निर्णय गर्न सक्ने बताइएको छ।
मन्त्रिपरिषद् बैठकअघि प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र एमाले अध्यक्ष केपी शर्मा ओलीलाई राखेर सीमा सुरक्षा सम्बन्धी बिफ्रिङ लिएका थिए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।