काठमाडौं- नेकपा एमाले केन्द्रीय कमिटी बैठक स्थगित गरिएको छ।
माघ २९ र फागुन १ गतेका लागि तय गरिएको बैठक तत्कालका लागि स्थगित गरिएको प्रचार विभाग उपप्रमुख विष्णु रिजालले जानकारी दिए।
रिजालका अनुसार एमालेले विशेष अभियान थाल्ने तयारी गर्दैछ। उक्त अभियानको तयारीमा सक्रिय हुनुपर्ने भएकाले तत्कालका लागि केन्द्रीय कमिटी बैठक स्थगित गरिएको हो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।