• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
बुधबार, भदौ १७, २०८३ Wed, Sep 2, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
राजनीति

सरकारबाट हटेको रास्वपाले किन लिएन समर्थन फिर्ता?

64x64
नेपाल लाइभ सोमबार, माघ २३, २०७९  २०:२७
1140x725

काठमाडौं- गृह मन्त्रालय नपाएपछि सरकार छाडेको राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले सरकारलाई दिएको समर्थन भने कायमै राखेको छ। रास्वपाको उक्त निर्णयसँगै सत्ता गठबन्धन तत्कालका लागि जोगिएको छ। प्रधानमन्त्री पनि तीस दिनभित्रै विश्वासको मत लिनुपर्ने झन्झटबाट जोगिएका छन्।

समर्थन फिर्ता नलिएका विषयमा सभापति रवि लामिछानेले आफू अस्थिरताको कारक बन्न नचाहेको बताएका छन्। उनले आइतबार सरकारबाट बाहिरिने पार्टीको निर्णय सुनाउने पत्रकार सम्मेलनमा भने, 'इमानबाट बाहिरिनु हुँदैन। सरकार छाड्ने भनेको सरकार नै ढालिदिनुपर्छ भन्ने त होइन नि। हामी अस्थिरताको कारक बन्न नचाहेको हो।'

धारा-आकर्षित हुँदा हुने परिवर्तन
लामिछानेको यही भनाइको बीचमा उनले आफूले समर्थन फिर्ता गर्दा 'एउटा धारा आकर्षित हुने देखिएको' उल्लेख गरेका छन्। लामिछानेले संकेत गरेको धारा १०० (२) हो, जहाँ सरकारमा सहभागी दलले आफ्नो समर्थन फिर्ता लिएमा प्रधानमन्त्रीले विश्वासको मत लिनुपर्ने प्रावधान छ। रास्वपाले समर्थन फिर्ता लिएको स्थितिमा प्रधानमन्त्री प्रचण्डले यही धारा अन्तर्गत तीस दिनभित्र विश्वासको मत लिनुपर्ने बाध्यता रहन्थ्यो।

समर्थन नै फिर्ता लिएपछि रास्वपाले सरकारलाई समर्थन दिने थिएन। अर्कोतिर, असन्तुष्टिका कारण सरकारमा सहभागी नभएका जनता समाजवादी पार्टी र नागरिक उन्मुक्ति पार्टीले फेरि विश्वासको मत दिने सम्भावना पनि कम थियो।

त्यस्तो अवस्थामा धारा ७६ उपधारा २ अन्तर्गत बनेको प्रचण्डको सरकार ढल्छ। त्यसपछि धारा ७६ (२) अनुसार नै प्रधानमन्त्रीका लागि आह्वान गर्ने वा धारा ७६ (३) अनुसार प्रतिनिधि सभाको सबैभन्दा ठूलो दलको संसदीय दलको नेताको रुपमा शेरबहादुर देउवालाई प्रधानमन्त्री नियुक्त गर्ने भन्ने छनोट राष्ट्रपतिको हुन पुग्छ। जे हुन्थ्यो, प्रचण्डको हित विपरीत नै हुन्थ्यो। सरकार फेरिन्थ्यो। सम्भवतः देउवा नै प्रधानमन्त्री हुनसक्थे।

समर्थन फिर्ता लिँदा वर्तमान सरकार ढालेर कांग्रेस सरकार बन्न सघाए जस्तो देखिने भएकाले रास्वपा पछि हटेको सो पार्टीका एक सांसद् बताउँछन्। सभापति लामिछानेले बैठकमा सुरुदेखि नै समर्थन फिर्ता नलिने पक्षमा आफ्नो मत राखेका थिए।

एमालेको आग्रह
सत्ता साझेदार दलमध्ये एक नेकपा एमालेले पनि रास्वपालाई समर्थन फिर्ता नलिन आग्रह गरेको थियो। एमालेका एक नेताका अनुसार रास्वपाको निर्णायक बैठक बस्नुअघि एमाले अध्यक्ष ओलीसँगकाे संवादमा उक्त कुरा भएको थियो। 'समर्थन नै फिर्ता लिँदा हुने क्षति र पाउने अवगालबारे पनि अध्यक्षज्यूले प्रष्ट्याउनुभएको थियो,' ती नेताले भने।

राष्ट्रपतिको निर्वाचन सम्मुखमा रहेका बेला सरकार ढल्यो भने त्यसको क्षति सबैभन्दा बढी नेकपा एमालेलाई हुन्छ किनभने, त्यसपछि प्रचण्डले प्रधानमन्त्री पद जोगाउन कांग्रेससँग गठबन्धनका लागि हात अघि बढाउनुपर्ने हुन्छ। सौदाबाजीमा राष्ट्रपति कांग्रेसको भागमा पर्छ भने एमाले संघीय र प्रदेश सरकारबाट पनि बाहिरिनुपर्ने हुन्छ।

Ncell 2
Ncell 2
nimb
nimb

यही परिदृष्यलाई ध्यानमा राखेर एमालेले सुरुदेखि नै रास्वपासँग घनिष्ट सम्बन्ध बनाइरहेको छ। उपप्रधानसहित गृह मन्त्रालय दिने कुरामा समेत सहयोगी भूमिका खेलेको एमालेले बहिर्गमनपछि पनि ढाडस दिइरहेको छ। नागरिकता पुन:प्राप्तिको विषयमा सर्वोच्चले गरेको फैसलामा समेत एमालेले 'प्रतिवाद' गरिरहेको छ।

लामिछानेका विषयमा अदालतले गरेको फैसलामा एमाले अध्यक्ष ओलीले आइतबार संसद्‌बाट समेत प्रश्न गरेका छन्। उनको नागरिकताले कसैलाई हानि गर्ने काम नगरेको बताउँदै प्रक्रियागत त्रुटि भएको बताए। ओलीले बचाउ गर्दै भनेका थिए, 'मेरो मनमा प्रश्न छन्, उजुरकर्तालाई के मर्का परेछ? के कारणले उजुर गरे, मैले थाहा पाइनँ। असम्बन्धित व्यक्तिले निवेदन गरेको देखिन्छ। अदालतको काम त न्याय दिने हो। यो फैसलाबाट कसले न्याय पायो? कसले मर्काबाट उन्मुक्ति पायो?,' फैसला बुझेर बुझिनसक्नु खालको रहेको बताउँदै उनले कानुनी सिद्धान्तमाथि प्रश्न गरे।

नयाँ दल र राजनीतिक खेलमा अभ्यस्त हुँदै गरेका त्यसका नेतालाई 'ब्याकअप' गरिरहेका ओलीको आग्रहलाई समेत ख्याल गरेर रास्वपाले समर्थन फिर्ता नगर्ने निर्णय गरेको हो।

पासपोर्टको विषय र उपनिर्वाचन
लामिछानेको नागरिकताको विषय सुल्झिएर एउटा गौंडो पार गरेका छन् तर अझै अर्को बाँकी छ, दोहोरो पासपोर्ट। अमेरिकी पासपोर्ट नत्यागेरै नेपाली पासपोर्ट बनाएको विषय सुल्झिएको छैन। उनले त्यसबारे आइतबार स्पष्टीकरण दिँदै भनेका छन्, 'मैले लिएँ, प्रयोग गरिनँ। गलत काम गरियो भने प्रभाव हुन्छ। असर हुन्छ। आक्रमण गर्दा दुख्छ। चोरे हराउँछ। त्यसले कसलाई के हानी गर्‍यो?,' उपयोग नगरेको त्यो पासपोर्ट पनि आफूले बुझाइदिएको उल्लेख गरेका छन्।

भन्नलाई उनले भएका कानुनबाट होइन, कानुन बनाएरै दोषी ठहर्‍याए पनि हुने बताएका छन्। तर  सरकारबाट निस्किँदा त्यो मुद्दा पेचिलो बन्नसक्ने त्रास उनलाई छ र आइतबारको स्पष्टीकरणबाट पनि त्यो संकेत मिल्छ। बोल्ने क्रममै उनले भनेका छन्, ‘म जेल परे पनि राष्ट्रिय स्वतन्त्र पार्टी रहन्छ।'

लामिछानेको नागरिकता पुन:प्राप्तिको प्रक्रिया नमिलेका कारण चितवन- २ बाट उनले दर्ज गरेको जित बदर भएको छ। उक्त स्थानमा फेरि उपचुनाव हुनेछ। आफूमाथि लागेका आरोप निरुपण गरेर उनी फेरि उपनिर्वाचनमा उम्मेदवार बन्नेछन्। उपनिर्वाचनबाट निर्वाचित नभई आफू कुनै पदमा नजाने लामिछानेको भनाइले त्यसलाई प्रष्ट्याउँछ।

आम निर्वाचनमा भइसकेको गठबन्धनको अभ्यास आगामी उपनिर्वाचनमा फेरि हुनेछ। कांग्रेससँग यसै सम्बन्ध सुमधुर नभएको रास्वपाले यस पल्ट सरकार ढाल्दा एमाले र माओवादी केन्द्रको समेत साथ गुमाउनेछ। सरकारमा सहभागी नभए पनि समर्थन दिइरहँदा एमाले र माओवादी केन्द्रले आगामी निर्वाचनमा 'गुन' तिर्नुपर्ने अवस्था आउँछ। गएको निर्वाचनमा फराकिलो मतान्तरसहित कांग्रेस-माओवादी गठबन्धन र एमालेका उम्मेदवार पराजित गरेका लामिछानेलाई त्यस्तो अवस्थामा चुनाव जित्न झन् सहज हुनेछ।

प्रकाशित मिति: सोमबार, माघ २३, २०७९  २०:२७

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
मंसिर २१ देखि २३ गतेसम्म महाधिवेशन गर्ने तयारीमा देउवा समूह
सभामुखको विशेष प्रस्ताव पारित, उद्धार र पुनर्स्थापनामा सबै संयन्त्र परिचालन गर्न निर्देशन
उपत्यकामा व्यावसायिक प्रयोजनका लागि ग्यास बिक्रीमा रोक
सम्बन्धित सामग्री
मंसिर २१ देखि २३ गतेसम्म महाधिवेशन गर्ने तयारीमा देउवा समूह बुधबार चुनदेवीस्थित सम्पर्क कार्यालयमा बसेको ‘१५औँ केन्द्रीय महाधिवेशन तयारी समिति’को दोस्रो बैठकमा महाधिवेशनको मिति र विभिन्न तहका... बुधबार, भदौ १७, २०८३
सभामुखको विशेष प्रस्ताव पारित, उद्धार र पुनर्स्थापनामा सबै संयन्त्र परिचालन गर्न निर्देशन सभामुखले राखेको प्रस्ताव सर्वसम्मत रूपमा पारित भएको हो। बुधबार, भदौ १७, २०८३
प्रधानमन्त्रीलाई प्रचण्डको चेतावनी– संकट समाधानमा गम्भिर नभए अवसरले प्रधानमन्त्रीलाई नपर्खिन सक्छ! बुधबार प्रतिनिधिसभाको बैठकमा बोल्दै उनले प्रधानमन्त्रीले सबैको विश्वास जितेर अघि बढ्नुपर्ने बताए । संकटको समयमा जनताले आश्वासन र साम... बुधबार, भदौ १७, २०८३
ताजा समाचारसबै
मंसिर २१ देखि २३ गतेसम्म महाधिवेशन गर्ने तयारीमा देउवा समूह बुधबार, भदौ १७, २०८३
सभामुखको विशेष प्रस्ताव पारित, उद्धार र पुनर्स्थापनामा सबै संयन्त्र परिचालन गर्न निर्देशन बुधबार, भदौ १७, २०८३
उपत्यकामा व्यावसायिक प्रयोजनका लागि ग्यास बिक्रीमा रोक बुधबार, भदौ १७, २०८३
प्रधानमन्त्रीलाई प्रचण्डको चेतावनी– संकट समाधानमा गम्भिर नभए अवसरले प्रधानमन्त्रीलाई नपर्खिन सक्छ! बुधबार, भदौ १७, २०८३
भोटेकोशी विपत्तिबारे वस्तुगत विवेचना आवश्यक : सांसद थापा बुधबार, भदौ १७, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
भोटेकोशी बाढी सम्बन्धी प्रधानमन्त्रीको हरेक पोष्टमा ५० प्रतिशत एआई कन्टेन्ट ? मंगलबार, भदौ १६, २०८३
तत्कालीन निमित्त कार्यालय प्रमुखसहित ५ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर मंगलबार, भदौ १६, २०८३
आजदेखि हेटौंडादेखि काठमाडौं चल्ने सवारीसाधनको छुट्टाछुट्टै रुट मंगलबार, भदौ १६, २०८३
रसुवा, धादिङ र ललितपुरका सडकखण्ड पूर्ण अवरुद्ध मंगलबार, भदौ १६, २०८३
जब ७८ वर्षीय धनपति सहायता दिन सिंहदबार पुगे! मंगलबार, भदौ १६, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
कुनै पनि शव अस्थायी चिहानका रुपमा १२ वर्षसम्म राख्न सकिन्छ : प्राडा हरिहर वस्ती नेपाल लाइभ
युवा पलायन रोक्न सीप, रोजगारी र उद्यमशीलतामा ठोस नीति हुनुपर्छ : सरोज बाँनिया नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
सरकार देखियो तर विपद् व्यवस्थापन किन देखिएन? कमल सापकोटा
कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानको रजिष्ट्रारमा तीन उम्मेदवार : प्रतिष्ठानको भविष्यका लागि कसको नेतृत्व बढी उपयोगी ? नेपाल लाइभ
रसुवाको बाढीः वास्तविक पीडितसम्म अझै किन पुगेन सरकार? गोविन्द आचार्य
महाविपत्तिमा सक्षम सरकारको खोजी नेपाल लाइभ
सबै हेर्नुहोस
ब्लग
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
मुग्लिन–काठमाडौं सडक बन्द, वैकल्पिक बाटोबाट इन्धन–ग्यास ढुवानी हुने आइतबार, भदौ १४, २०८३
काठमाडौंबाट बाहिरिने सवारीसाधनलाई तोकियो दुईवटा वैकल्पिक सडक आइतबार, भदौ १४, २०८३
बाढी पीडित राहत कोषमा एक लाख  जम्मा गर्न खोज्दा १० लाख गएपछि... बिहीबार, भदौ ११, २०८३
भोटेकोशी बाढी सम्बन्धी प्रधानमन्त्रीको हरेक पोष्टमा ५० प्रतिशत एआई कन्टेन्ट ? मंगलबार, भदौ १६, २०८३
तत्कालीन निमित्त कार्यालय प्रमुखसहित ५ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर मंगलबार, भदौ १६, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्