काठमाडौं– नेपाली कांग्रेसका नेता डा शेखर कोइरालाले सञ्चार क्षेत्र र न्यायपालिकामाथिको धम्की र आक्रमण सैह्य नहुने बताएका छन्।
नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले संसद्मा न्यायलयमाथि गरेको अनावश्यक टिप्पणी र राष्ट्रिय स्वतन्त्र पार्टीका अध्यक्ष रवि लामिछानेले सञ्चार क्षेत्रमाथि लगाएको आरोप र दिएको धम्कीप्रति लक्षित गर्दै कांग्रेस नेता कोइरालाले भने, ‘स्वतन्त्र न्यायपालिका र सञ्चार क्षेत्र लोकतन्त्रका आधार स्तम्भ हुन्। यी संस्थामाथि कसैले दिएको धम्की र अनावश्यक टिप्पणी कांग्रेसलाई स्वीकार्य हुँदैन।’
नेपाली कांग्रेस जिल्ला कार्यसमिति चितवनको अन्तरक्रिया तथा कार्यकर्ता भेलालाई सम्बोधन गर्दै कोइरालाले आउने उपनिर्वाचनमा चितवन–२ मा कांग्रेसले जसरी पनि जित्नुपर्ने बताए।
कार्यक्रममा कांग्रेस केन्द्रीय सदस्य डा गोविन्दराज पोख्रेलले देशको आर्थिक अवस्था भयावह रहेको बताए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।