काठमाडौं– साप्ताहिक कारोबारको दोस्रो दिन आज (सोमबार) नेपाली बजारमा पहेँलो धातु (सुन)को मूल्य बढेको छ। सोमबार सुनको मूल्य तोलामा ५०० रुपैयाँले बढेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।
तोलामा ५०० रुपैयाँले बढेपछि सोमबार छापावाल सुनको मूल्य प्रतितोला १ लाख ४ हजार ६०० रुपैयाँ कायम भएको छ। यस्तै, तेजाबी सुनको मूल्य प्रतितोला १ लाख ४ हजार १०० रुपैयाँ कायम भएको छ।
यसअघि हप्ताको पहिलो कारोबार दिन (आइतबार) भने सुनको मूल्य २ हजार रुपैयाँले घटेको थियो। आइतबार छापावाल सुन प्रतितोला १ लाख ४ हजार १०० र तेजाबी सुन प्रतितोला १ लाख ३ हजार ६०० रुपैयाँमा किनबेच भएको थियो।
सोमबार चाँदीको मूल्यमा भने कुनै फेरबदल भएको छैन। चाँदीको मूल्य सोमबार पनि आइतबारको जस्तै प्रतितोला १ हजार ३२० रुपैयाँ कायम रहेको सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।