काठमाडौं– सरकारमा रहने वा फिर्ता हुने भन्ने विषयमा निर्णय गर्न आइतबार पनि राष्ट्रिय स्वतन्त्र पार्टीको बैठक बस्ने भएको छ। बैठक बिहान साढे ११ बजे बस्नेछ।
प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई दिइएको दुई दिने अल्टिमेटम सकिएपछि शनिबार राति रास्वपाले निर्णायक भनिएको बैठक डाकेको थियो। तर, केन्द्रीय सदस्य र संसदीय दलको उक्त संयुक्त बैठक अनिर्णीत भयो।
केही सांसद र केन्द्रीय सदस्य राजधानीबाहिर रहेकोले सो बैठक निर्णायक हुन नसकेको रास्वपाले जनाएको छ।
बैठकमा गृह मन्त्रालयमात्रै नभएर राष्ट्रपति र उपराष्ट्रपति निर्वाचनको विषय पनि छलफल भइरहेको बताइएको छ। यी दुई निर्वाचन क्रमशः फागुन २६ र चैत ३ मा हुँदैछ।
प्रधानमन्त्री प्रचण्डले शनिबार सभापति लामिछानेलाई गृह छाडेर भौतिक पूर्वाधार तथा यातायता मन्त्रालय लिन प्रस्ताव गरेका थिए। त्यसमा उन सकारात्म रहेको प्रधानमन्त्रीको सचिवालयको दाबी छ।
पार्टीमा गृह मन्त्रालयकै कारण सत्ता छोड्नु नहनु धारणा राख्ने ठूलो संख्यामा रहेकाले सभापति लामिछाने दबाबमा परेको बताइएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।