काठमाडौं– सर्वोच्च अदालतले राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने सांसद नरहने निर्णय गरेपछि चितवन क्षेत्र नम्बर २ मा प्रतिनिधि सभाको एक सिट खाली छ।
सो खाली सिटमा आफूलाई विजयी घोषणा गर्न लामिछानेसँग पराजित उम्मेदवार उमेश श्रेष्ठले माग गरेका छन्।
तत्कालीन सत्ता गठबन्धनको तर्फबाट नेपाली कांग्रेसबाट उम्मेदवार भएको श्रेष्ठ झण्डै ३५ हजार मतले रास्वपा सभापति लामिछानेसँग पराजित भएका थिए।
लामिछानेको पद खारेजीपछि दोस्रो स्थानमा आफू रहेकाले स्वतः विजयी घोषणा गनुपर्ने माग गर्दै श्रेष्ठले आइतबार निर्वाचन आयोगमा निवेदन दिने भएका छन्।
उनले आइतबार दिउँसो २ बजे पत्रकार सम्मेलनसमेत आयोजना गर्ने कार्यक्रम रहेको बताएका छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।