काठमाडौं– प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेबीच भेटवार्ता भएको छ।
प्रधानमन्त्री निवास बालुवाटारमा शनिबार साँझ भएको भेटवार्तामा लामिछानेलाई प्रधानमन्त्री प्रचण्डले गृह मन्त्रालयको विकल्प खोज्न आग्रह गरेका थिए।
यसमा लामिछाने सकारात्मक देखिएको प्रधानमन्त्रीका प्रेस संयोजक मनहरि तिमिल्सिनाले दाबी गरे।
प्रधानमन्त्री प्रचण्डसँगको भेटपछि सरकार छोड्ने सम्बन्धमा रास्वपाको निर्णायक बैठक बस्दै छ।
नागरिकता प्रकरणपछि उपप्रधान तथा गृहमन्त्री पद गुमाएका सभापति रवि लामिछानेले पुनः सोही पदमा फर्किने फर्कन कोसिस गरेपछि प्रचण्डले त्यसलाई अस्वीकार गरेका थिए।
उक्त विषयलाई लिएर रास्वपाले शनिवार बेलुकासम्मको अल्टिमेटम दिएको थियो। अल्टिमेटम सकिएपछि आगामी रणनीति तय गर्न रास्वपाको बैठक शनिबार साँझ ८ बजेपछि बसिरहेको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।