काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टीको सरकार छोड्ने सम्बन्धमा निर्णायक बैठक बस्दै छ।
नागरिकता प्रकरणपछि उपप्रधान तथा गृहमन्त्री पद गुमाएका सभापति रवि लामिछानेले पुनः सोही पदमा फर्किने फर्कन कोसिस गरेपछि प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले त्यसलाई अस्वीकार गरेका थिए।
उक्त विषयलाई लिएर रास्वपाले शनिवार बेलुकासम्मको अल्टिमेटम दिएको थियो। अल्टिमेटम सकिएपछि आगामी रणनीति तय गर्न रास्वपाको बैठक शनिबार साँझ ८ बजेपछि बस्न लागेको हो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।