काठमाडौं– शिक्षामन्त्री शिशिर खनालले नेकपा (एमाले)का नेता डा भीम रावललाई जवाफ फर्काएका छन्।
नेता रावलले काठमाडौंमा शनिबार आयोजित एक कार्यक्रममा ‘जसको निजी विद्यालय एकदम महंगो छ, ऊ शिक्षामन्त्री’ भन्दै खनालको कटाक्ष गरेका थिए। यसैको जवाफ उनले सामाजिक सञ्जाल ट्विटरमार्फत दिएका हुन्।
‘मेरो लगानी भएको निजी विद्यालय कुन रहेछ, म खोज्दै थिएँ, डाक्टरलाई थाहा रहेछ। लौन भनिदिनु पर्यो! नाम, ठेगाना भए सजिलो हुन्थ्यो,’ उनले लेखेका छन्।
शिक्षामन्त्री खनाल निजी विद्यालय सञ्चालक रहेको भन्दै उनलाई राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले स्वार्थ बाझिने मन्त्रालय दिएको भन्ने आरोप लागिरहेको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।