चितवन– आफ्नो बारीमा उत्पादन भएको तरकारी नबिकेको भन्दै किसानहरु आन्दोलनमा उत्रिएका छन्। आफूहरुको तरकारीले उत्दानको लागत मूल्य समेत नपाउने र लागत मूल्यअनुसार बिक्रीमूल्य तोक्दा बिक्री नभएको भन्दै चितवनका किसानहरु आन्दोलित बनेका हुन्।
चितवनका किसानहरुले नारायणगढको पुल्चोकस्थित सडकमा तरकारी फालेर विरोध जनाएका हुन्। भारतीय तरकारीको थथाभावी आयातले ‘स्वदेशमै केही गरौं’ भन्ने सोच भएका आफूहरु मारमा परेको किसानको भनाइ छ।
‘नेपाली किसान मार्न पाइँदैन’, ‘विदेशी तरकारी र फलफूल चाहिँदैन’ भन्ने नारा उल्लेखित प्लेकार्ड र ब्यानरसहित आन्दोलनमा उत्रिएका किसानले गोलभेडा, फर्सी, बन्दा, काउली, घिउसिमी लगायतका तरकारी सडकमै फाले।
किसान संघर्ष समितिका संयोजक समेत रहेका किसान लेखानथ भुसालले सरकारले आफूहरुको समस्या नसुनेका कारण तरकारी सडकमा फालेर प्रदर्शन गर्न परिरहेको बताए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।