काठमाडौं– साप्ताहिक कारोबारको अन्तिम दिन आज (शुक्रबार) नेपाली बजारमा पहेँलो धातु (सुन)को मूल्य घटेको छ। शुक्रबार सुनको मूल्य तोलामा १ हजार ४०० रुपैयाँले घटेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जानकारी दिएको छ।
तोलामा १ हजार ४०० रुपैयाँले घटेपछि शुक्रबार छापावाल सुनको मूल्य प्रतितोला १ लाख ६ हजार १०० रुपैयाँ कायम भएको छ। यस्तै, तेजाबी सुनको मूल्य प्रतितोला १ लाख ५ हजार ६०० रुपैयाँ कायम भएको छ।
यसअघि बिहीबार भने सुनको मूल्य तोलामा १ हजार २०० रुपैयाँले बढेर हालसम्मकै उच्च अंकमा पुगेको थियो। बिहीबार छापावाल सुन प्रतितोला १ लाख ७ हजार ५०० रुपैयाँ र तेजाबी सुन प्रतितोला १ लाख ७ हजार रुपैयाँमा किनबेच भएको थियो।
शुक्रबार चाँदीको मूल्य पनि घटेको छ। शुक्रबार चाँदीको मूल्य तोलामा ३० रुपैयाँले घटेर प्रतितोला १ हजार ३६५ रुपैयाँ कायम भएको महासंघले जनाएको छ।
यसअघि बिहीबार भने चाँदीको मूल्य तोलामा १५ रुपैयाँले बढेको थियो। बिहीबार चाँदी प्रतितोला १ हजार ३९५ रुपैयाँमा किनबेच भएको थियो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।