काठमाडौं- राष्ट्रिय स्वतन्त्र पार्टीले सरकार छाड्ने वा बाहिरिने बारे निर्णय लिन थप दुई दिन पर्खिने भएको छ।
बिहीबार केन्द्रीय समिति र संसदीय दलको संयुक्त बैठक बसेको थियो। बैठकले दुई दिन कुर्ने निर्णय गरेको महामन्त्री तथा प्रवक्ता मुकुल ढकालले बताए।
बैठक बस्नुअघि प्रधानमन्त्री तथा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र एमाले अध्यक्ष केपी शर्मा ओलीले सभापति रवि लामिछानेलाई फोन गरेका थिए। उनीहरु दुवै जनाले दुई दिनको समय मागेको ढकालले बताए।
प्रचण्ड र ओलीको आग्रहअनुसार दुई दिन पर्खिने निर्णय गरिएको उनले बताए।
ओली नेतृत्वको उच्चस्तरीय राजनीतिक संयन्त्रको बैठक बस्ने र त्यहाँ छलफल हुने भएकाले दुई दिन कुर्न भनिएको ढकालले बताए। 'राजनीतिक संयन्त्रको बैठक बसेर निर्णय लिऔँ भनेर प्रस्ताव आएको हो', उनले भने, 'राजनीतिक इमानदारिताका लागि पनि दुई दिन कुर्ने निर्णय लिएका हौँ।'
दुई दिनपछि फेरि पार्टीको बैठक बसेर निर्णय लिने उनले बताए।
आफूहरुलाई गृह मन्त्रालय दिने भन्ने पुरानो सहमति कार्यान्वयन भएन भने राजनीतिक इमानदारिता नझल्किने बताए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।