काठमाडौं– राष्ट्रिय प्रजातन्त्र पार्टी केन्द्रीय कार्यसम्पादन समिति बैठकले विभिन्न् तीनवटा निर्णय गरेको छ।
बिहीबार साँझ सम्पन्न बैठकले विभिन्न तीन निर्णय गरेको प्रवक्तासमेत रहेका प्रचार विभाग प्रमुख मोहनकुमार श्रेष्ठले जानकारी दिए।
यस्ता छन् ३ निर्णय :
१. पार्टीको विधानबमोजिम पूर्वअध्यक्ष डा प्रकाशचन्द्र लोहनीको संयोजकत्वमा बढीमा १७ सदस्यीय हुने गरी केन्द्रीय निर्देशन समिति गठन।
२. पार्टी र सरकारबीच समन्वय गर्न वरिष्ठ उपाध्यक्ष रवीन्द्र मिश्रको संयोजकत्वमा कार्यविधि समिति गठन।
३. आगामी २०८० बैशाख १ गतेदेखि सक्रिय सदस्य वितरण अभियान सञ्चालन गरिने।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।