काठमाडौं– उपसभामुख इन्दिरा रानाले सांसदहरु काठमाडौंमुखी हुँदै जाने हो भने गाउँ पस्दा जनताले राँको लिएर लखेट्नसक्ने बताएकी छन्। सांसदहरु काठमाडौं केन्द्रित हुन नहुने भन्दै उपसभामुख रानाले सांसद काठमाडौं केन्द्रित हुँदा जनताले गाउँ जाँदा राँको लिएर लखेट्ने बताइन्।
बिहीबार संसद् भवन नयाँ बानेश्वरमा आयोजित प्रतिनिधि सभाका सदस्यहरुको लागि २ दिने अभिमुखीकरण कार्यक्रमलाई सम्बोधन गर्दै उनले संसदमा महिला सांसदहरुले जनताका समस्यलाई गुञ्जायमान गर्नुपर्ने बताइन्।
उपसभामुखलाई उप, चुप जस्ता वाक्यांशहरु प्रयोग गरेर हेप्ने गरेको पनि उपसभामुख रानाले सुनाइन्। आफू उपसभामुख भइसकेपछि केही जिल्ला भ्रमण गरेपछिको अनुभवबाट पनि सो कुरा जानकारी पाएको उनले उल्लेख गरिन्।
‘मैले केही गाउँहरु भिजिट गरेँ उपसभामुख भइसकेपछि। उहाँहरुका लागि आवश्यक सामग्रीहरुको उपलब्धता छैन, यस्ता विषयहरु सदनमा गुन्जियोस्, सांसदहरुले यी कुराहरुमा ध्यान दिनुहुनेछ। उपसभामुखलाई उप, चुप भन्नेकुरा छ। मैले यसमा उप अब उपर जाने हो भनेर आएकी छु,’ रानाले भनिन्।
उपसभामुख रानाले सांसदहरुले स्थलगत अवलोकन गरी त्यहाँका समस्याहरु संसदमा उठाउनुपर्ने पनि बताइन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।