काठमाडौं– प्रतिनिधि सभा सदस्यहरूलाई लागि संसदीय प्रक्रिया र अभ्यास सिकाइँदैछ। जसका लागि बिहीबार र शुक्रबार अभिमुखिकरण कार्यक्रम राखिएको छ।
बिहीबार नयाँ बानेश्वरस्थित संघीय संसद् भनवको ल्होत्से हलमा अभिमुखिकरण कार्यक्रममको उद्घाटन गरिएको छ।
सभामुख देवराज घिमिरेले आफ्नो पहिलो निर्णय नै सांसदहरुसँग अन्तर्क्रिया गर्ने सम्बन्धी गरेका थिए। गत माघ ६ गते पदभार ग्रहण गर्ने क्रममा ‘नवनिर्वाचित माननीयहरूका लागि संसदीय अभ्यास र पक्रियासम्बन्धी अन्तर्क्रिया कार्यक्रम गर्ने,’ निर्णयमा सभामुख घिमिरेले हस्ताक्षर गरेका थिए।
प्रतिनिधि सभाका कतिपय सांसदहरू संसदीय प्रक्रिया र अभ्यासमा अभ्यस्त नहुँदा सदनको कारबाही नै प्रभावित हुने गरेको छ। यस्तै दृश्य बुधबारको संसद् बैठकमा देखिएको थियो। नियमापत्तिका विषयमा सांसदहरू जानकार नहुँदा सवाल–जवाफको स्थिति आएको थियो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।