• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
शनिबार, असार २१, २०८२ Sat, Jul 5, 2025
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
कर्पोरेट
अमेरिकी र भारतीय एसयूभी एक्सपर्टको रोचक प्रतिस्पर्धा, कुन उत्तम?
64x64
नेपाल लाइभ बुधबार, माघ २५, २०७९  १९:३१
1140x725

काठमाडौं– महिन्द्राको लागि नेपालको आधिकारिक विक्रेता अग्नि इनकर्पोरेट प्रालिले एक्सयूभी ७०० एसयूभीको विक्री सुरू गरिसकेको छ। कम्पनीले गत सोमबार एक कार्यक्रम गरी एक्सयूभी ७०० को औपचारिक विक्री सुरू गरेको हो।

भारतीय एसयूभी एक्सपर्टको रूपमा चिनिने महिन्द्राको एक्सयूभी ७०० को फिचर र मूल्यमा प्रतिस्पर्धा हुन सक्ने अमेरिकी ब्राण्ड जीपको कम्पास पनि नेपाली बजारमा केही वर्षदेखि विक्री हुँदै आएको छ। उक्त गाडी नेपालमा लाइफ अटोमोबाइलले विक्री गर्दै आइरहेको छ।

भारतीय एसयूभी एक्सपर्ट महिन्द्रा र अमेरिकी एसयूभी एक्सपर्टको प्रतिस्पर्धा रोमाञ्चक हुने महिन्द्रा विक्रेता कम्पनीले जनाएको छ। यी दुवै एसयूभीको डिजाइन, पावर, मूल्य लगायतका विविध विषयमा भएको भिन्नता र समानता रहेका छन्।

कुनको कस्तो इन्जिन?
महिन्द्रा एक्सयूभी ७०० निकै पावरफुल इन्जिनको साथ बजारमा आएको बताइएको छ। कम्पनीले यसमा २.० लिटर टर्बो पेट्रोल इन्जिन दिएको छ। पावरफुल पेट्रोल इन्जिन रहेको एक्सयूभी ७०० जस्तोसुकै बाटोको लागि उपयुक्त हुने कम्पनीले दाबी गरेको छ।

यसमा रहेको टर्बो पेट्रोल इन्जिनले २०० पीएस पावर तथा ३८० एनएम टर्क प्रदान गर्छ। एक्सयूभी ७०० मा ६ स्पीडको म्यानुअल तथा ६ स्पीडकै टर्क कन्भटर अटोमेटिक ट्रान्समिसन रहेको छ।

जीप कम्पासको पेट्रोलमा १.४ लिटरको मल्टीएयर टर्बो इन्जिन रहेको छ, जसले १६० एचपी पावर तथा २५० एनएम टर्क जेनेरेट गर्छ। यो ६ स्पीड म्यानुअल ट्रान्समिसन र ७ स्पीड डीसीटी अटोमेटिक अप्सनमा उपलब्ध छ। समग्रमा महिन्द्रा एक्सयूभी ७०० को टर्बो पेट्रोल इन्जिन बढी पावरफुल रहेको छ।

दुईमध्ये कुन उत्तम?
महिन्द्रा एक्सयूभी ७०० को लम्बाइ ४६९५, चौडाइ १८९० र उचाइ १७५५ एमएमको रहेको छ। यसको ह्वीलबेस २७५० एमएमको रहेको छ। त्यस्तै, जीप कम्पासको लम्बाइ ४४०५, चौडाइ १८१८ र उचाइ १६४० एमएमको रहेको छ। यसको ह्वीलबेस २६३६ एमएमको रहेको छ। एक्सयूभी ७०० को ग्राउण्ड क्लियरेन्स २०० एमएम छ भने जीप कम्पासको ग्राउण्ड क्लियरेन्स २०८ एमएम पाउन सकिन्छ। साइजको हिसाबले एक्सयूभी ७०० जीप कम्पासभन्दा केही ठूलो रहेको आधिकारिक विक्रेता अग्नि इन्कर्पोरेट प्रालिले जनाएको छ।

महिन्द्राको एक्सयूभी ७०० मा ‘एड्रिनोएक्स’ कनेक्ट फिचर पाउन सकिन्छ। बोस्च इन्डियाले उत्पादन गरेको यो सिस्टम निकै नवीनतम र प्रयोग गर्न सजिलो रहेको छ। एड्रिनोएक्स कनेक्ट सिस्टमको कारण यसमा थुप्रै युनिक सुरक्षा फिचरहरू समेत उपलब्ध रहेका छन्।  

बोस्चको चालकलाई निन्द्रा लागेको पत्ता लगाउने ‘डाउजीनेस अलर्ट’ प्रविधि प्रयोग गरेको यो सेग्मेन्टमा नै पहिलो एसयूभी हो। उक्त सिस्टमले चालकको बानी व्यहोरालाई राम्रोसँग विश्लेषण गरेर बेला बखतमा अन्य वार्निङ समेत गरिरहने हुन्छ।

यसमा सुरक्षाका लागि ७ वटा एयरब्याग रहेको छ। लेन डिपार्चर वार्निङ, फरवार्ड कोलिजन वार्निङ, अटोमेटिक एमर्जेन्सी ब्रेकिङ, ब्लाइण्ड स्पट डिटेक्सन, रियरक्रस ट्राफिक असिस्ट, एमर्जेन्सी ब्रेक लाइट फ्ल्यास, हिल होल्ड, आदि सुरक्षा फिचरहरू उपलब्ध छन्। ग्लोबल एनक्यापको क्रयास टेष्टमा ५ स्टार रेटिङ पाएको एक्सयूभी ७०० ले सन् २०२२ को ग्लोबल एनक्यापले दिने ‘सेफर च्वाइस अवार्ड’ समेत पाएको छ। 

त्यसबाहेक यसमा मोबाइल कनेक्ट, ३६० डिग्री क्यामरा, नेभिगेशन सिस्टम, रिमोर्ट स्टार्टरस्टप, डिउज जोन क्लाइमेट कन्ट्रोल, रिमोर्ट विन्डो कन्ट्रोल, मोबाइल एप र स्मार्टवाचबाट भेहिकल कन्ट्रोल, अडाप्टीभ क्रुज कन्ट्रोल, ठूलो साइजको प्यानारोमिक सनरूफ, जस्ता फिचर पनि समावेश छन्। यसमा ७ इन्चको इन्स्ट्रुमेन्ट क्लस्टर तथा १२ वटा सोनीको स्पिकरसहितको १०.२५ इन्चको कनेक्टेड इन्फोटेन्मेन्ट सिस्टम दिइएको छ।

फरक फरक चाकलको सहजताका लागि एक्सयूभी ७०० मा ३ फरक सिट मेमोरीसहितको ८ तरिकाले इलेक्ट्रीकल्ली एड्जस्ट गर्न सकिने ड्राइभर सिट रहेको छ।

जीप कम्पासमा रिभेम्प गरिएको ड्यासबोर्ड, नयाँ एसी भेन्ट, एचभीएसी कन्ट्रोल जस्ता फिचर्स दिइएको छ। यसमा १०.१ इन्चको फराकिलो टचस्क्रीनको साथमा १०.२५ इन्चको डिजिटल इन्स्ट्रुमेन्ट क्लस्टर, डबल–स्टीच लेदर इन्सर्ट र नयाँ थ्री स्पोक स्टेरिङ ह्वील रहेको छ। यसमा भने ८ वे इलेक्ट्रीकल्ली एड्जस्टेबल फ्रन्ट सिट रहेको छ।

यसमा एफसीएले निर्माण गरेको पाँचौं पुस्ताको यूकनेक्ट इन्फोटेन्मेन्ट सिस्टम, वायरलेस एप्पल कारप्ले र एन्ड्रोइड अटो पाउन सकिन्छ। त्यसैगरी, थप फिचरमा ड्यूल जोन अटोमेटिक क्लाइमेट कन्ट्रोल, पावर टेलगेट, ३६० डिग्री क्यामेरा, प्यानारोमिक सनरूफ समावेश गरिएको छ। यसको ड्राइभर सिट मेमोरीमा २ वटा अप्सन मात्र रहेको छ। जीप कम्पासले पनि यूरो एनक्यापको क्रयास टेस्टमा ५ स्टार रेटिङ पाएको छ। सुरक्षाका लागि यो एसयूभीमा ६ वटा एयरब्याग दिइएको छ।

एक्सयूभी ७०० मा ७ सिटसम्मको अप्सन पाउन सकिन्छ भने जीप कम्पास ५ सिटर एसयूभी हो। जीपमा थप फिचरको रूपमा इलेक्ट्रिकल ओपन क्लोज टेल गेट रहेको छ जुन एक्सयूभी ७०० मा छैन। समग्रमा  फिचरको मामलामा जीप कम्पासको तुलनामा एक्सयूभी ७०० अगाडि रहेको देखिन्छ।

कुनको मूल्य कति?
महिन्द्राले एक्सयूभी ७०० को टप भेरियन्टको मूल्य १ करोड १० लाख रुपैयाँ कायम गरेको छ। एक्सयूभीको बेस भेरियन्ट एएक्स ३ को मूल्य ७४ लाख, एएक्स ५ को ८१ लाख र अर्को एएक्स ५ सात सिटरको ८३ लाख रुपैयाँ निर्धारण गरेको छ। त्यस्तै, एक्सयूभी ७०० एएक्स ५ अटोमेटिक ५ सिटरको मूल्य ८९ लाख, एएक्स ७ म्यानुअलको मूल्य १ करोड ५ लाख र एएक्स ७ अटोमेटिकको मूल्य १ करोड १० लाख रुपैयाँ निर्धारण गरेको छ।

फेसलिफ्ट जीप कम्पास पेट्रोल इन्जिनमा ३ भेरियन्टमा विक्री वितरण हुँदै आएको छ। जसमा स्पोट म्यानुअल भेरियन्टको मूल्य ८४ लाख ९० हजार, लङगिच्यूट (अप्सनल) अटोमेटिकको ९९ लाख ९० हजार र लिमिटेड (अप्सनल)को मूल्य १ करोड ११ लाख ९० हजार रुपैयाँ रहेको छ। 

अन्त्यमा, जीप कम्पासभन्दा पावर र फिचर तथा  भ्यालु फर मनी खोज्ने ग्राहकहरूका लागि महिन्द्राको एक्सयूभी ७०० उत्कृष्ट छनोट हुन सक्छ।

प्रकाशित मिति: बुधबार, माघ २५, २०७९  १९:३१

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
विराटनगरले सन्दीपसहित ६ खेलाडीलाई गर्‍यो रिटेन
गाजा युद्धविराम योजनामा ​​'सकारात्मक प्रतिक्रिया' जनाउँदै हमासद्वारा तीन संशोधन माग
गृहमन्त्री लेखकद्वारा जिप्रका बैतडीको निरीक्षण
सम्बन्धित सामग्री
यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमय दर युरोपियन युरो एकको खरिददर १६० रुपैयाँ ५९ पैसा र बिक्रीदर १६१ रुपैयाँ २९ पैसा, युके पाउण्ड स्ट्रलिङ एकको खरिददर १८७ रुपैयाँ ७२ पैसा र... मंगलबार, असार १७, २०८२
सिरहामा आँप उत्पादनमा कमी गत वर्ष नौ हजार हेक्टर क्षेत्रफलमा ९९ हजार दुई सय ३५ मेट्रिक टन आँप उत्पादन भएको थियो । तर, यस वर्ष नौ हजार २५ हेक्टर क्षेत्रफलमध्ये... सोमबार, असार १६, २०८२
यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमय दर त्यसैगरी युरोपियन युरो एकको खरिददर १५९ रुपैयाँ ९४ पैसा र बिक्रीदर १६० रुपैयाँ ६५ पैसा, युके पाउण्ड स्ट्रलिङ एकको खरिददर १८७ रुपैयाँ... सोमबार, असार १६, २०८२
ताजा समाचारसबै
विराटनगरले सन्दीपसहित ६ खेलाडीलाई गर्‍यो रिटेन शनिबार, असार २१, २०८२
गाजा युद्धविराम योजनामा ​​'सकारात्मक प्रतिक्रिया' जनाउँदै हमासद्वारा तीन संशोधन माग शनिबार, असार २१, २०८२
गृहमन्त्री लेखकद्वारा जिप्रका बैतडीको निरीक्षण शनिबार, असार २१, २०८२
पर्यटन क्षेत्र नेपालको समृद्धिको आधार हो : अर्थमन्त्री पौडेल शनिबार, असार २१, २०८२
विधेयकमा गहन अध्ययन गरेर मात्रै संशोधन हालौँ: सांसद कार्की शनिबार, असार २१, २०८२
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
सुशासनका लागि प्राधिकरण टुक्रयाउन खोजेको हाे : मन्त्री पाण्डे (भिडियो)
सुशासनका लागि प्राधिकरण टुक्रयाउन खोजेको हाे : मन्त्री पाण्डे (भिडियो) शुक्रबार, असार २०, २०८२
असार २१ गते अन्तर्राष्ट्रिय सहकारी दिवस मनाउने(भिडियो)
असार २१ गते अन्तर्राष्ट्रिय सहकारी दिवस मनाउने(भिडियो) शुक्रबार, असार २०, २०८२
नागरिकता ऐनलाई आवश्यक सुधार गरेर पारित गर्न सकिन्छ (भिडियो)
नागरिकता ऐनलाई आवश्यक सुधार गरेर पारित गर्न सकिन्छ (भिडियो) शुक्रबार, असार २०, २०८२
दुर्गानारायण ढकाल द्वारा लिखित कृति समाजवादी दर्शनको रूपरेखा लोकर्पण
दुर्गानारायण ढकाल द्वारा लिखित कृति समाजवादी दर्शनको रूपरेखा लोकर्पण बिहीबार, असार १९, २०८२
उपचारअघि डाक्टरले आफू जोगिने उपाय खोज्नुपर्ने अवस्था आयो : डा लोचन कार्की (अन्तर्वार्ता)
उपचारअघि डाक्टरले आफू जोगिने उपाय खोज्नुपर्ने अवस्था आयो : डा लोचन कार्की (अन्तर्वार्ता) बिहीबार, असार १९, २०८२
सबै हेर्नुहोस
ट्रेण्डिङ
धनुषामा सशस्त्र प्रहरी र तस्करबीच भिडन्त, ६ जना प्रहरी घाइते शुक्रबार, असार २०, २०८२
सर्लाहीका एसपीलाई गाली गरेपछि जसपा नेता यादवविरुद्ध पक्राउ पुर्जी जारी शुक्रबार, असार २०, २०८२
सिंगापुरलाई हराउँदै नेपालले जित्यो यु–१६ इस्ट जोन कपको उपाधि शनिबार, असार २१, २०८२
युनुस अन्सारीविरुद्ध सम्पत्ति शुद्धीकरण मुद्दा, ९ करोड बिगो दाबी शुक्रबार, असार २०, २०८२
भारतबाट नेपाल आउँदा ५ हजार डलरबराबर रकम ल्याउन पाइने शुक्रबार, असार २०, २०८२
सबै हेर्नुहोस
अन्तर्वार्ता
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
महाशिवरात्रिमा भगवान पशुपतिनाथको सहजै दर्शनको व्यवस्था गरिएको छ - डा. मिलनकुमार थापा नेपाल लाइभ
जलवायु परिवर्तनले जुम्लामा समेत डेंगु देखिन थालिसकेको छ : मेयर राजुसिंह कठायत  नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
विश्व सेतो दुबी दिवस : रोग छालाको, प्रश्न चेतनाको नेपाल लाइभ
प्रिय दाई गुटबन्दीको अन्त्य गरी लोकप्रिय पार्टी बनाउन योगदान दिनुहोस् ! ई. विश्वराज काफ्ले
खोपको महत्व र बालबालिकाको स्वास्थ्य सुरक्षामा हाम्रो भूमिका नेपाल लाइभ
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
सबै हेर्नुहोस
ब्लग
बैंकिङ्ग व्यवसायलाई उद्यमशीलताको भर मंगलबार, वैशाख २, २०८२
हितेन्द्र र कुलमानको रिट हेर्न नमिल्नेमा आइतबार, चैत १७, २०८१
चौरासी वर्षका क्यान्सरविजेताको जीवन वृत्तान्त ‘कालसँग कुस्ती’ सार्वजनिक आइतबार, फागुन १८, २०८१
सबै हेर्नुहोस
लोकप्रिय
पूर्वमन्त्री मोहन बस्नेतलाई २५ लाख धरौटीमा छाड्न अदालतको आदेश आइतबार, असार १५, २०८२
लगातार बढ्दै सेयर बजार ,परिसूचक २८ अङ्कले बढ्दा ७ अर्बको कारोबार मंगलबार, असार १७, २०८२
यू-१६ इस्ट जोन कप : नेपालले उपाधीका लागि सिंगापुरसँग भिड्ने बिहीबार, असार १९, २०८२
विद्या भण्डारीले पूर्वराष्ट्रपति हैसियतको सुविधा फिर्ता गर्ने सोमबार, असार १६, २०८२
अध्यादेशमार्फत नियुक्त ५२ जनाकै पद जोगियो,  बहुमतले नियुक्ति सदर (पूर्णपाठ) बिहीबार, असार १९, २०८२
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2025 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्