काठमाडौं– विवेकशील साझा पार्टीका नेता मिलन पाण्डे र सोही पार्टीका पूर्व बागमती प्रदेशका संसदीय दलका नेता रमेश पौड्यालले चलचित्र क्षेत्रका महानायक राजेश हमालसँग भेटेका छन्।
भेटमा राजनीति र वैकल्पिक राजनीतिको ताजा अवस्थाबारे छलफल भएको थियो। साथै, संविधानको आधारभूत विशेषताबारे समेत छलफल भएको बुझिएको छ।
नेता पाण्डेले सामाजिक सञ्जालमा फोटो हाल्दै लेखेका छन्, ‘मेरा निम्ति राजेश हमाल चलचित्र क्षेत्रको महानायक मात्र हुनुहुन्न, एउटा सचेत नेपाली नागरिक र बौद्धिक व्यक्तित्व पनि हुनुहुन्छ। आज धेरै पछि उहाँसँग राजनीतिको कुरा भयो। संविधानका आधारभूत विशेषताबारे छलफल भयो। वैकल्पिक राजनीतिबारे छलफल भयो। उहाँको बुझाइबाट मेरो उहाँप्रतिको धारणा थप बलियो बन्यो।"
भेटमा सामान्य राजनैतिक गफगाफ भएको बुझिएको छ। उनले थप लेखेका छन्, ‘धेरैले जस्तै हामीले पनि उहाँलाई उठ्ने बेलामा सोध्यौं, तपाई राजनीतिमा आउने सम्भावना कस्तो छ?’
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।