काठमाडौं– सनराइज बैंक लिमिटेडले र त्रिभुवन विश्वविद्यालय (त्रिवि) केन्द्रीय व्यवस्थापन विभाग (सीएमडी) बीच सम्झौता भएको छ।
सम्झौताअनुसार एमबीएसमा अध्ययनरत ८ जना विपन्न तथा जेहेनदार विद्यार्थीहरुलाई थेसिस प्रयोजनका लागि आवश्यक पर्ने आर्थिक सहयोग गर्ने बैंकले जनाएको छ।
सम्झौतापत्रमा बैंकका प्रमुख कार्यकारी अधिकृत सुमन शर्मा र त्रिवि केन्द्रीय व्यवस्थापन विभागका विभागीय प्रमुख प्रा.भवानी शंकर आचार्यले हस्ताक्षर गरे।
बैंकको यस्तो सहयोगले गुणस्तरीय थेसिस लेख्न विद्यार्थीहरुलाई प्रोत्साहन मिल्ने केन्द्रीय व्यवस्थापन विभागका प्रमुख आचार्यले बताए।
हस्ताक्षर कार्यक्रममा बैंकका नायब महाप्रबन्धक रविनकुमार नेपाल लगायत त्रिविका अन्य उच्च पदाधिकारीहरुको समेत उपस्थिति रहेको थियो ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।