काठमाडौं– श्रीलंकाको ७५ औं स्वतन्त्र दिवसको उपलक्ष्यमा सहभागी हुन परराष्ट्रमन्त्री बिमला राई पौड्याल बिहीबार श्रीलंका प्रस्थान गर्दैछिन्।
श्रीलंका सरकारको निमन्त्रणामा सहभागी हुन मन्त्री पौड्याल त्यता प्रस्थान गर्न लागेकी हुन्। परराष्ट्र मन्त्रालयको जिम्मेवार सम्हालेपछि मन्त्री पौड्यालले पहिलो विदेश भ्रमण गर्न लागेकी हुन्।
उक्त भ्रमणमा मन्त्री पौड्यालले समकक्षी अलि स्याब्रीदेखि प्रधानमन्त्री र राष्ट्रपतिलगायत उच्च तहसँग भेट गर्नेछिन्। श्रीलंकाले आफ्नो ७५ औँ स्वतन्त्रता दिवस आउँदो शनिबार मनाउँदै छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।