काठमाडौं– प्रतिनिधि सभामा राष्ट्रिय मानव अधिकार आयोगको २२ औं वार्षिक प्रतिवेदन (आव २०७८-०७९)’ पेस गरिएको छ।
बुधबार प्रतिनिधि सभा बैठकमा प्रधामन्त्री पुष्पकमल दाहाल प्रचण्डको तर्फबाट सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले सो प्रतिवेदन पेस गरेका छन्।
संवैधानिक व्यवस्थाअनुसार मानवअधिकार आयोगको वार्षिक प्रतिवेदन हरेक वर्ष संसद्मा पेस गर्नुपर्ने हुन्छ।
प्रतिनिधि सभाको अर्को बैठक माघ २२ गते आइतबार अपरान्ह १ बजेका लागि बोलाइएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।