काठमाडौं– बाजुरामा केही दिनअघि गएको भूकम्पको क्षतिका लागि ठोस कार्यक्रम ल्याउन नेपाली कांग्रेसका सांसद बद्री पाण्डेले ठोस कार्यक्रमका लागि सरकारको ध्यानाकर्षण गराएका छन्।
संसद्को विशेष समयमा बोल्दै उनले आगामी मनसुनमा ठूलो क्षति हुन उल्लेख गर्दै पूर्व तयारीका लागि माग गरेका छन्।
उनले भने, ’भूकम्पले निजी घर, सरकारी कार्यालय, स्वास्थ्य संस्था, सांस्कृतिक सम्पदा र पुलपुलेसाहरु ध्वस्त भएका छन्। त्यसका लागि सरकारले ठोस योजना र कार्यक्रम ल्याउन सकेको छैन।’
मनसुन सुरु हुन लागेको बताउँदै उनले पूर्व तयारीका लागि ध्यान दिनुपर्ने बताए। उनले थपे, ’भूकम्पले हल्लिएको जमिनमा मनसुनको पानी पसेर झन् ठूलो क्षति हुनेछ। त्यो बेला बाढीपहिरोको आउने जोखिम छ। त्यसैले यतातिर सरोकारवालाको ध्यान जानुपर्छ। पूर्व तयारीका लागि लाग्नुपर्छ।’
यसैगरी गत वर्षकै मनसुनमा आएको पानीका कारण उत्पन्न पहिरोले धेरै बस्तीहरु जोखिममा रहेको बताए। ती बस्नलायक नदेखिएको बताउँदै उनले एकीकृत बस्तीकोे अवधारणाअनुरुप सरकारले स्थान्तरण गर्नुपर्ने अवस्था रहेको उनले संसद्मा जानकारी गराएका छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।