काठमाडौं– नेपाली कांग्रेसका सांसद चन्द्रकान्त भण्डारीले ग्रमिण किसानको भान्छामा पसेर बाँदरले दु:ख दिएको भन्दै रोकथामका लागि माग गरेका छन्।
सांसद भण्डारीले प्रतिनिधि सभाको बुधबारको बैठकको शून्य समयमा बोल्दै बाँदर आतंक रोकथामको पहल गर्न सरकारसँग माग गरेका हुन्।
‘नेपालका किसानहरु ऋण, सिचाईं, मल, बिउजस्ता चुनौती स्वीकार्दै जुन किसान बनेका छन् तिनिहरु बाँदरले गर्दा अत्यन्तै अप्ठ्यारामा परेका छन्। त्यसलाई रोकथाम गरौं´, उनले भने, `एउटी बुढी आमा कसौटीमा भात पकाउँछिन्, त्यो पनि बाँदर लुटेर लगिदिन्छ। यो छ ग्रमिण किसानको अवस्था। त्यतिमात्र हैन यो बाँदर प्रवृत्ति राज्यका चारैतिर फैलिएको छ। यसलाई सजकतापूर्वक कसरी रोकथाम गरियोस् भन्ने सरकारलाई ध्यानाकर्षण गराउँछ।’
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।