काठमाडौं– नेकपा एमालेका सांसद एकनाथ ढकालले विस्तृत शान्ति सम्झौताको सक्कल प्रति कोसँग छ भनेर प्रश्न गरेका छन्। सांसद ढकालले प्रतिनिधि सभाको बुधबारको बैठकमा उक्त प्रश्न गरेका हुन्।
२०६३ मंसिर ५ मा तत्कालीन सरकार र नेकपा माओवादीबीच विस्तृत शान्ति सम्झौता भएको थियो। सांसद ढकालले सोही सम्झौताको सक्कल प्रति कहाँ रहेको छ भन्ने प्रश्न गरेका हुन्।
‘२०६३ मंसिर ५ गते तत्कालीन नेपाल सरकार र नेकपा माओवादीबीच विस्तृत शान्ति सम्झौतमा हस्ताक्षर भएर शान्ति प्रकृयाको विभिन्न चरण पार गर्दै संविधानसभामार्फत नेपालको संविधान जारी भई दुइटा आम निर्वाचन भइसक्यो। विस्तृत शान्ति सम्झौताको सक्कल प्रति को र कहाँ छ?’, सांसद ढकालले भने, ‘शन्ति सम्झौताको एक हस्ताक्षरकर्ता वर्तमान प्रधानमन्त्री हुनुहुन्छ। तर, अझै पनि शान्ति सम्झौताको महत्त्वपूर्ण पक्ष संक्रमणकालीन न्याय सम्बन्धी खासै प्रगति हुन सकेको छैन,’ सांसद ढकालले भने।
उक्त सम्झौता अुनसार बाँकी रहेको संक्रमणकालीन न्यायलाई छिट्टै टुङ्ग्याउन पनि सांसद ढकालले माग गरे।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।