काठमाडौं– नेपाली कांग्रेसका सांसद जितेन्द्रनारायण देवले नेपालका विश्वविद्यालयहरू दलीयकरणको मारमा परेको बताएका छन्।
राष्ट्रिय सभा अन्तर्गतको विधायन व्यवस्थापन समितिको मंगलबार बसेको बैठकमा बोल्दै उनले नेपाली विश्व विद्यालयहरूमा स्वायत्तताको विषय ठूलो बनेको बताए।
उनले विश्वविद्यालयहरू दलीयकरणको मारमा पर्दा शैक्षिक गुणस्तरमा सुधार हुन नसकेको टिप्पणी गरे। उनले विश्वविद्यालयहरू दलीयकरण हुँदा विद्यार्थीहरूले उच्च गुणस्तरको शिक्षा ग्रहण गर्न नसकेको बताए।
उच्च गुणस्तरीय शिक्षा प्राप्त नहुँदा नेपाली विश्वविद्यालयमा अध्ययनरत विद्यार्थीहरू दक्षिण एशियाली विद्यार्थीहरूसँग पनि प्रतिस्पर्धामा पछि परिरहेको बताए। उनले देशभित्र सरकार बाहेकका क्षेत्रबाट शिक्षा क्षेत्रमा आउने पूँजीलाई प्रोत्साहन गर्नुपर्ने बताए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।