काठमाडौं– जनता समाजवादी पार्टी (जसपा) नेपाल र नागरिक उन्मुक्ति पार्टीबीच एकताको सम्भावनाबारे छलफल भएको छ।
जसपाको तर्फबाट वार्ता समितिका संयोजक रहेका नेता राजेन्द्र श्रेष्ठ र नागरिक उन्मुक्ति पार्टीका संरक्षक रेशम चौधरीबीच भेटघाट भएको छ।
रेशमलाई भेट्न राजेन्द्र डिल्लीबजार कारागार पुगेका थिए। मंगलबार बिहान भएको भेटमा दुई नेताबीच करिब १ घण्टा छलफल भएको बताइएको छ।
नागरिक उन्मुक्ति पार्टी खोल्नु अघि रेशम चौधरी जनता समाजवादी पार्टी, नेपालकै कार्यकारिणी सदस्य भएका कारण उनीसँग पार्टी एकता सहज हुन सक्ने आकलनका साथ छलफल अगाडि बढाइएको बताइएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।