काठमाडौं- प्रधानमन्त्री तथा नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आफूले सत्ता साझेदारी नटुटोस् भन्ने कोसिस गरिरहेको बताएका छन्।
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले गृह मन्त्रालय नपाए सत्ताबाट बाहिरिने संकेत गरेका बेला प्रचण्डको यस्तो भनाइ आएको हो।
माओवादी केन्द्रको पदाधिकारी बैठकपछि प्रतिक्रिया दिँदै उनले सकेसम्म इंगेज भइराख्नेमा जोड रहेको बताए।
‘गृह नपाएर राष्ट्रिय स्वतन्त्र पार्टीले सरकार छाड्छु भनेछ नि त?’ भन्ने प्रश्नमा प्रचण्डको भनाइ थियो, ‘हामी सल्लाह गर्दैछौँ। सकेसम्म इंगेज भइराख्ने, हाम्रो यो (सत्ता साझेदारी) नटुटोस् भन्नेतिर मेरो कोसिस छ।’
प्रचण्ड र पत्रकारहरुबीच पेरिसडाँडामा भएको जिज्ञासा-जवाफः
गृह नपाएर राष्ट्रिय स्वतन्त्र पार्टीले सरकार छाड्छु भनेछ नि त?
–हामी सल्लाह गर्दैछौँ। सकेसम्म इंगेज भइराख्ने, हाम्रो यो (सत्ता साझेदारी) नटुटोस् भन्नेतिर मेरो कोसिस छ।
पूर्णपाठ कुर्नुभएको हो?
–त्यो पनि कुर्नुपर्ने आवश्यकता छ भन्ने सुझाव छ मलाई, धेरैको।
पूर्णपाठ नआइञ्जेल आफैंले राख्नुहुन्छ गृह मन्त्रालय?
–हामी सल्लाह गर्दैछौँ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।