• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
मंगलबार, साउन १२, २०८३ Tue, Jul 28, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
समाचार

सूचना गोप्य राख्ने आफ्नै निर्णयको बचाउ गर्न नसकेपछि मुख्यसचिवले भने– अब अघि बढाउँदैनौं 

64x64
दुर्गा दुलाल सोमबार, माघ १६, २०७९  २१:००
1140x725

काठमाडौं– ‘संयोग भनौं वा के भनौं माओवादीको नेतृत्वमा सरकार गठन भएपछि मात्र यस्तो विवाद आइपर्छन्। २०६८ मंसिर २८ गते तत्कालीन माओवादीका नेता बाबुराम भट्टराईको नेतृत्वमा सरकार रहँदा मुख्यसचिवको नेतृत्वको समितिले सूचनाको  वर्गीकरण गर्‍यो। उक्त विवाद सर्वोच्च अदालतसम्म पुग्यो र अदालतले नै रोक लगायो। त्यसको ठिक ११ वर्षपछि माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सरकारको नेतृत्व सुरु गरेलगत्तै सूचनाको वर्गीकरण गरियो। तत्कालीन समयमा पनि यो वर्गीकरण सूचना लुकाउने मनसायले गरिएको थियो  र विवादित भयो। अहिले पनि त्यही मनसाय राखेर आएको देखिन्छ। यसमा कुनै सम्बन्ध र साइनो छैन होला तर, संयोगवस मिल्न गएको होला। मुख्यसचिवज्यू यसलाई त्यसैगरी हेर्ने हो कि? नत्र बजारमा माओवादी सरकारमा आयो कि सूचना लुकाउन चाहन्छ। कम्युनिस्टहरुको शासन नै यस्तै हुन्छ भन्ने सन्देश बाहिर सुनिन थालेको छ।’

नेपाल पत्रकार महासंघका पूर्वअध्यक्ष गोविन्द आचार्यले यसो भनिरहँदा मुख्यसचिव शंकरदास वैरागी मौन नै थिए। आचार्यले भर्खर मुख्यसचिवको नेतृत्वको समितिले सूचना वर्गीकरण गरि सूचना आयोगमा पठाएको थियो। मुख्यसचिव वैरागीको नेतृत्वमा लामो समयदेखि ऐन लुकाउनका लागि सहयोग पुग्नेगरि वर्गीकरणको तयारी गरिएको थियो। असार १ गते कार्यविधि बनाएर मुख्यसचिवको नेतृत्वमा रहेको समितिले काम गरेको थियो। उक्त समितिले ८७ प्रकारका सूचनालाई गोप्य राख्नेगरि वर्गीकरण गरेको थियो। उक्त निर्णय सिधै संविधानको धारा २७ र सूचनाको हकसँग मेल खाँदैनथियो। 

नेपालको अन्तरिम संविधान, २०६३ को धारा २७ ले प्रत्येक नागरिकलाई आफ्नो वा सार्वजनिक सरोकारको कुनै पनि विषयको सूचना माग्ने र पाउने हकको प्रत्याभूति गरेको थियो। त्यसको निरन्तरता अहिलेको संविधानमा गरिएको छ। उक्त मौलिक हकको प्रत्याभूतिका लागि सूचनाको हकसम्बन्धी ऐन, २०६४ जारी भई सो ऐनको दफा ३ (१) र (२) ले प्रत्येक नेपाली नागरिकलाई सूचनाको हक हुने र सार्वजनिक निकायमा रहेका सूचनामा पहुँच हुनेछ भन्ने व्यवस्था गरेको छ भने दफा ३ (३) मा उपदफा (१) र (२) मा जुनसुकै कुरा लेखिएको भए तापनि सार्वजनिक निकायमा रहेका देहायका विषयसम्बन्धी सूचना प्रवाह गरिने छैन भनी गोप्य रहने पाँच सूचनाको स्पष्ट उल्लेख गरेको छ। उक्त पाँच सूचनालाई वर्गीकरण गर्नुपर्नेमा मुख्यसचिवको नेतृत्वमा रहेको समितिले समग्र ऐन नै कार्यान्वयन हुन नसक्ने गरि वर्गीकरण गरेपछि यो विवादमा परेको थियो।

पुस १२ गते मुख्यसचिव वैरागीको नेतृत्वमा बसेको समितिले वर्गीकरण गरेको थियो। उक्त वर्गीकरणको जानकारी पुस २४ गते सूचना आयोगलाई पठाएको थियो। तर, यो पत्र केही दिनअघि मात्र सार्वजनिक भयो। आइतबार नेपाल लाइभले उक्त वर्गीकरणको अंश प्राप्त गरेको थियो। वर्गीकरण प्राप्त गरेलगत्तै पत्रकार महासंघ र सूचनाको हकका क्षेत्रमा काम गरिरहेकाहरुले आपत्ति प्रकट गरेका थिए। 

पत्रकार महासंघले तत्कालै प्रधानमन्त्री दाहाललाई उक्त वर्गीकरण रोक्न जानकारी गरायो। महासंघले गम्भीर रुपमा आपत्ति जनाएपछि प्रधानमन्त्री दाहालले तत्काल मुख्यसचिव वैरागीलाई सरोकारवाला निकायसँग छलफल नै नगरि किन वर्गीकरण  भयो भनी प्रश्न गरे।

मुख्यसचिवले लामो समय छलफल गरेर नै जारी गरेको दाबी गरे। तर, प्रधानमन्त्रीले तत्काल यो विषय सम्बोधन गर्न भन्दै सरोकारवालाहरुलाई छलफलमा बोलाए। 

विवादमा पर्ने देखेपछि पछि हटे मुख्यसचिव
प्रधानमन्त्री दाहालको निर्देशन अनुसार मुख्यसचिवले पत्रकार महासंघ र सूचनाको हकका क्षेत्रमा काम गर्दै आएका केही अभियन्ताहरुलाई सोमबार १ बजे प्रधानमन्त्री कार्यालय बोलाएका थिए। मुख्यसचिवले उक्त छलफलमा प्रधानमन्त्री कार्यालयका कानुन सचिव उदयराज सापकोटा, कानुन मन्त्रालयका सचिव धनराज ज्ञवाली, सूचना प्रविधि तथा सञ्चार मन्त्रालयका सचिव वैकुण्ठ अर्याल सँगै राखेका थिए।  

छलफलमा पत्रकार महासंघका अध्यक्ष विपुल पोखरेल र महासचिव रोशन पुरी, प्रेस काउन्सिलका अध्यक्ष बालकृष्ण बस्नेत, सूचनाको हकका अभियन्ता तारानाथ दाहाल र सूचनाको हकका अभियन्ता उमिद बागचन्दसहितको टोली पुगेको थियो। मुख्यसचिवले बैठक सुरु गर्दै सूचनाको वर्गीकरणको बचाउ गरे। उनले सूचना वर्गीकरण गर्नुपर्ने आवश्यकता भएकाले मन्त्रालयका सचिवहरुसँग लामो छलफल गरेर तयार भएको दाबी गरे।

nimb
nimb
Ncell 2
Ncell 2

उनले जुनसुकै विषयमा पनि सूचना माग्ने, झन्झट र हैरानी दिने मनसाय राखेर पनि सूचना माग्ने काम हुने गरेको टिप्पणी गरे। सूचनाको हक सम्बन्धी ऐनलाई प्रभावकारी बनाउन र कर्मचारीलाई अनावश्यक सूचना उपलब्ध गराउनुपर्ने झन्झटलाई अन्त्य गर्न असल नियतले नै ल्याएको वैरागीले दाबी गरे। मुख्यसचिवको बचाउ ब्रिफिङपछि सरोकारवालालाई समय दिइयो। सरोकारवालाका तर्फबाट पत्रकार महासंघका पूर्वअध्यक्ष एवं सूचनाको हकका क्षेत्रमा लामो समय काम गरेका दाहालले सूचनाको वर्गीकरण तत्काल फिर्ता लिनुपर्ने नत्र सूचनाको हक सम्बन्धी ऐन नै खारेज गरे हुने भनि टिप्पणी गरे।

‘लोकतन्त्रमा सूचना रोक्ने अभ्यास वा प्रयास गर्न सकिँदैन। जनताको करबाट तलब खाने कर्मचारीले त झन यस्तो गर्नै मिल्दैन’ उनले भने, ‘सूचना नै नदिने नियत राख्ने हो भने ऐनकै प्रस्तावनामा यो ऐन खारेज गरिएको छ भनी लेखौं। सूचना नदिने राज्य बनाउने हो भने उत्तरकोरियातिर गए भइहाल्छ।’ 

उनले शासन व्यवस्था लोकतन्त्र र पारदर्शी बनाउने भनी मन्त्रिपरिषदबाट निर्णय गर्ने अनि मुख्यसचिवले आफूले तिरेको कर कहाँ प्रयोग भइरहेको छ भने सूचना माग्दा दिन मिल्दैन भनेर गोप्य राख्ने कानुन बनाउन नमिल्ने टिप्पणी गरे।

‘हाम्रो अभ्यास उत्तर कोरियातिर जाने त पक्कै हैन होला। सूचना माग्न आउँदा त्यसले झन्झट भयो भन्न पाइँदैन’, दाहालले भने, ‘जनताले सूचना माग्नकै लागि सूचनाको हक सम्बन्धी ऐन बनाइएको हो।’

उनीपछि पत्रकार महासंघका पूर्वअध्यक्ष आचार्यले आफ्ना कुरा राखे। आचार्यले माओवादीको नेतृत्व सरकारमा रहेको समयमा मात्र यस्तो हुनु संयोग हो कि बदनाम गराउन ल्याइयो भनी प्रश्न गरे। उनले सूचना आयोगको सूचना अडिटमा हेर्दा मन्त्रालयहरुमा प्रत्येक वर्ष सूचना माग गर्ने निवेदन न्यूनमात्र आएको देखिएकाले यसलाई झन्झटको रुपमा वा अनावश्यक सूचना माग भयो भनेर लिन नहुने बताए।

‘जनताले राज्यलाई कर तिरेको छ त्यसैले सूचना माग गर्छ’, उनले भने, ‘जनताले तिरेको करबाट तलब खाने कर्मचारीहरुले मागेको सूचना दिनुपर्छ। यो उनीहरुको दायित्वभित्र पर्छ।’ 

यदि अहिले यो वर्गीकरण खारेज नहुने हो भने अदालत जानुपर्ने र अदालतले बदर गर्ने यसअघिकै नजिर रहेकोतर्फ पनि आचार्यले इंगित गरे। 

PM_ofc-Notice1675090713.jpg
प्रधानमन्त्री कार्यालयले सूचना आयोगलाई पुस २४ गते पठाएको पत्र।

उनीपछि सूचनाको हकका लागि राष्ट्रिय सञ्जालका अध्यक्ष उमिद बागचन्दले सूचना माग गर्ने अधिकार जनताको भएको र सार्वजनिक निकायमा भएका सूचनाहरु धेरै भन्दा धेरै सार्वजनिक हुनुपर्ने भएकाले वर्गीकरण गलत भएको बताए। 

यो वर्गीकरण लागू हुने हो भने सूचनाको हक समाप्त हुने उनले बताए। उनीहरुसँगै मानव अधिकार आयोगका प्रतिनिधिले पनि वर्गीकरण फिर्ता लिन माग गरे। आयोगले सार्वजनिक भएको मस्यौदामा ध्यानाकर्षण भएको भन्दै सूचना माग गर्ने अधिकारलाई खुम्च्याउन नमिल्ने तर्क गरे। 

उनीहरुको कुरा सुनेपछि मुख्यसचिव वैरागीले सम्बोधन गर्न थाले। सूचना वर्गीकरणमा आफ्नै नियतमाथि प्रश्न उठाएपछि उनले त्यसलाई स्पष्ट पार्न खोजे। 

‘हाम्रो नियत खराब छैन। यो खराब भएर गर्न खोजेको पनि हैन’, मुख्यसचिवले भने ‘सूचनाको हक सम्बन्धी ऐनमा पाँच वटा बुदाँमा राखिएको गोप्य कुरालाई प्रष्ट पार्न हामीले वर्गीकरण गर्न खोजेका हौं।’ 

उनले वर्गीकरण गर्न आवश्यक नै भएकाले गरेको र कतिपय कुरा अनुसन्धानमा हुने तर सूचना माग गर्दै निवेदन पर्दा अनावश्यक हैरानी खेप्नुपरेको गुनासो समेत आएको भन्दै आफ्नो निर्णयको पुनः बचाउ गरे। 

‘अनुसन्धानमा रहेका कतिपय कुरा सार्वजनिक हुँदा ठूलो असर पर्ने, व्यक्तिगत गोपनीयताका कुरा, राष्ट्रियता र अखण्डतामा असर पार्ने कुरा मात्र रोक्न खोजेका हौं’, उनले भने, ‘हामीले सार्वजनिक रुपमा आएका कुरा र यहाँहरुले राख्नु भएको कुरा बुझ्यौं। यही रुपमा यसलाई अघि बढाउँदैनौं।’ 

मुख्यसचिवले अघि नबढाउने भनेपछि त्यसलाई फिर्ताका लागि सूचना आयोगलाई पत्र लेख्न महासंघले माग गर्‍यो। त्यसको जवाफमा उनले सल्लाह गर्ने बताए। 

‘सूचना आयोगबाट टिप्पणी आओस् भनेर पठाएका हौं। संसारभर नै सूचना वर्गीकरण हुने गरेको छ। यसमा सरोकारवालासँग छलफल गरे नै अघि बढ्छौं’ उनले भने, ‘हामीले द्वन्द्व गर्न वा सूचना रोक्ने मनसाय राखेर गरेका हैनौं।’ 
मुख्यसचिवलाई सपोर्ट गर्दै कानुन मन्त्रालयका सचिव धनराज ज्ञवालीले पनि यसमा विस्तृत छलफल गरेर ट्ंगोमा पुग्न सकिने बताए। 

‘प्रक्रियागत कुराहरुलाई व्यवस्थित गर्न खोजिएको हो। हामी पनि पारदर्शीताकै पक्षमा  हो’, उनले भने ‘सूचना माग गर्दा प्रक्रियागत रुपमा झन्झट भएकाले हामीले वर्गीकरण गरेका हौं। यसमा छलफल गरेर, परिमार्जन गरेर अघि बढ्न सकिन्छ।’ 

वर्गीकरण सार्वजनिक भएपछि मात्र प्रधानमन्त्रीलाई जानकारी 
सूचना दिन रोक लगाउने र कतिपय सूचना गोप्य राख्न सक्नेगरि भएको वर्गीकरणमा प्रधानमन्त्री दाहाल अनभिज्ञ रहेको उनको सचिवलायले जनाएको छ। सचिवालयका अनुसार वर्गीकरण सार्वजनिक भएर आलोचना हुन थालेपछि मात्र प्रधानमन्त्रीले जानकारी पाएका थिए।

शेरबहादुर देउवा प्रधानमन्त्री हुँदा सुरु भएको काम आफू प्रधानमन्त्री भएपछि सार्वजनिक भएको र सार्वजनिक हुनुअघि केही जानकारी नपाएको भन्दै उनले मुख्यसचिव र प्रधानमन्त्री कार्यालयका कर्मचारीलाई गुनासो पनि गरेका थिए। प्रधानमन्त्रीले आगामी दिनमा यस्ता कुरामा ख्याल गर्न निर्देशन दिएका छन्। 

प्रकाशित मिति: सोमबार, माघ १६, २०७९  २१:००

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
दुर्गा दुलाल
नेपाल लाइभका चिफ रिपोर्टर दुलाल कानुन तथा सुशासन बिटमा रिपोर्टिङ गर्छन्।
लेखकबाट थप
सुन तस्करी प्रकरण : उच्च तहका राजनीतिक व्यक्तिहरु तस्करसँग पटक–पटक सम्पर्कदेखि केहीलाई पुन: अभियोगपत्र दर्ता गर्नसम्म सिफारिस 
अब्बल न्यायाधीशको बहिर्गमन : सबै फाँटमा खरो उत्रेका न्यायाधीश खतिवडाको अवकाश
गिरिबन्धु टि-स्टेटको जग्गा विवाद : केपी ओलीको समयमा भएकाे  ‘नीतिगत भ्रष्टाचार’ मा न्यायाधीश खतिवडाको अन्तिम फैसला
सम्बन्धित सामग्री
सुनसरी घटनामा रास्वपाले भन्यो  : सरकारले दोषीलाई कानुनी दायरामा ल्याउनुपर्छ पार्टीका सभापति रवि लामिछानेद्वारा मंगलबार जारी विज्ञप्तिमा घटनामा ज्यान गुमाएकाप्रति श्रद्धाञ्जली अर्पण गर्दै शोकसन्तप्त परिवारजनप्... मंगलबार, साउन १२, २०८३
काँग्रेसका वरिष्ठ नेता गोपालमान श्रेष्ठको निधन श्रेष्ठको मंगलबार जावलाखेलस्थित हेलिअस अस्पतालमा उपचारका क्रममा निधन भएको गण्डकी प्रदेशका पूर्वमन्त्री मेखलाल श्रेष्ठले जानकारी दिएक... मंगलबार, साउन १२, २०८३
कप्तानगञ्ज घटनाको विरोधमा प्रदर्शन चर्कियो, कोशी कटान क्षेत्रमा आगजनी र तोडफोड प्रदर्शनकारीले मंगलबार पूर्व–पश्चिम राजमार्गको सुनसरी खण्डका विभिन्न स्थानमा टायर बालेर सडक अवरुद्ध गरेका छन्। प्रदर्शनका क्रममा कोश... मंगलबार, साउन १२, २०८३
ताजा समाचारसबै
देवानगञ्ज बजारमा झडप मंगलबार, साउन १२, २०८३
संयमता अपनाउन सरकारको अपिल मंगलबार, साउन १२, २०८३
के–के माग राखे कप्तानगन्जमा मारिएका ओमप्रकाशका आफन्तले सरकारसमक्ष मंगलबार, साउन १२, २०८३
सुनसरी घटना : सुरक्षा प्रमुखसहरुसहित गृहमन्त्रालयमा छलफल सुरु मंगलबार, साउन १२, २०८३
लुम्बिनी सरकारबाट कांग्रेस बाहिरियो, पाँच मन्त्रीको सामूहिक राजीनामा मंगलबार, साउन १२, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ)
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ) बुधबार, मंसिर १०, २०८२
दुर्गा प्रसाईको पत्रकार सम्मेलन
दुर्गा प्रसाईको पत्रकार सम्मेलन मंगलबार, असोज ७, २०८२
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना सोमबार, असोज ६, २०८२
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै मंगलबार, भदौ ३१, २०८२
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE सोमबार, भदौ ३०, २०८२
सबै हेर्नुहोस
ट्रेण्डिङ
के–के माग राखे कप्तानगन्जमा मारिएका ओमप्रकाशका आफन्तले सरकारसमक्ष मंगलबार, साउन १२, २०८३
कप्तानगन्जको अवस्था नियन्त्रणमा लिन सेना परिचालन सोमबार, साउन ११, २०८३
सुनसरी घटना : सीडीओदेखि डीआईजीसम्मको जिम्मेवारी खोसियो, डीआईजी खनाललाई पठाइयो सोमबार, साउन ११, २०८३
सुनसरी झडपमा घाइते थप एक जनाको मृत्यु सोमबार, साउन ११, २०८३
सुनसरी गोलीकाण्डबारे सांसद थापाले भने– गोली चलाउनुपर्ने अवस्था थिएन, प्रशासनले स्पष्ट जानकारीसमेत दिएको छैन सोमबार, साउन ११, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
महाशिवरात्रिमा भगवान पशुपतिनाथको सहजै दर्शनको व्यवस्था गरिएको छ - डा. मिलनकुमार थापा नेपाल लाइभ
जलवायु परिवर्तनले जुम्लामा समेत डेंगु देखिन थालिसकेको छ : मेयर राजुसिंह कठायत  नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
भारतीय लोकतान्त्रिक इतिहासको कालो दिन: अवैध निर्वाचित गान्धीले किन लगाइन् आपतकाल नेपाल लाइभ
रावणका दश शिर र नेपालको शासन प्रणाली: एकल सोचले देश बन्दैन सुरेश गिरी
नेपालको राजनीतिमा जवाफदेहिताको संकट सुरेश गिरी
भीडले बनाएको नेतृत्व किन अन्ततः एक्लिन्छ ? सुरेश गिरी
सबै हेर्नुहोस
ब्लग
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
जब हेल्थ क्याम्पमै पोस्टमार्टम गराउन खोजियो! शनिबार, भदौ १४, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
के–के माग राखे कप्तानगन्जमा मारिएका ओमप्रकाशका आफन्तले सरकारसमक्ष मंगलबार, साउन १२, २०८३
कप्तानगन्जको अवस्था नियन्त्रणमा लिन सेना परिचालन सोमबार, साउन ११, २०८३
चोभारमा चलिरहेको कारमा आगलागी, चालक निस्कन पाएनन् मंगलबार, साउन ५, २०८३
सुनसरीमा बोलबम जाँदै गरेको समूहमाथि अर्को समूहद्वारा आक्रमण, विवाद उग्र बनेपछि प्रहरीको गोली लागेर एक जनाको मृत्यु सोमबार, साउन ११, २०८३
सुनसरी घटना : सीडीओदेखि डीआईजीसम्मको जिम्मेवारी खोसियो, डीआईजी खनाललाई पठाइयो सोमबार, साउन ११, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्