• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
आइतबार, कात्तिक १, २०८३ Sun, Oct 18, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
राजनीति

उच्चस्तरीय भेट सकेर फिर्ता भइन् अमेरिकी मन्त्री,  तीन विषयमा राखिन् मुख्य चासो 

64x64
ईश्वर बराल सोमबार, माघ १६, २०७९  १९:३४
1140x725

काठमाडौं– दुई दिने भ्रमणका लागि आइतबार साँझ काठमाडौं आइपुगेकी अमेरिकी उपविदेशमन्त्री भिक्टोरिया नुल्यान्ड उच्चस्तरीय भेट सकेर सोमबार भारत प्रस्थान गरेकी छन्। उनले भारत, श्रीलंका हुँदै कतार पुगेर आफ्नो भ्रमण टुंग्याउने कार्यतालिका छ।

नयाँ सरकार बनेपछिको पहिलो उच्चस्तरीय भ्रमणका रुपमा नेपाल आएकी नुल्यान्डले भेटमा तीन वटा विषयमा प्राथिकताका साथ चासो राखेको भेटमा सहभागी नेताहरूले बताएका छन्। मन्त्री नुल्यान्डले गत वर्षको अन्त्यमा नेपालको संसद्‌बाट पारित भएको अमेरिकी परियोजना एमसीसीको कार्य प्रगति, संक्रमणकालीन न्यायको बाँकी रहेको कामको अवस्था र नेपाल तथा अमेरिकाबीचको दौत्य सम्बन्धको ७५औं वर्षगाँठको उपलक्ष्यमा सहयोग र सम्बन्धको आदनप्रदानमा छलफल गरेको बताइएको छ। 

विद्युतीय प्रसारण लाइन र सडक पूर्वाधार विस्तारमा करिब ५० करोड अमेरिकी डलर लगानी गर्ने उद्देश्यका साथ अघि बढेको एमसीसी परियोजना २०७८ को फागुन दोस्रो साता नेपालको संसद्‌बाट अनुमोदन भएको थियो। सोही परियोजनाको कार्य प्रगतीको विषयमा नुल्यान्डले भेटमा चासो राखेकी हुन्।

मन्त्री नुल्यान्डले सोमबार बिहान प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग भेट गरेकी थिइन्। भेटमा नुल्यान्डले एमसीसीको विषयमा चासो राख्दै कार्यान्वयनमा लाने विषयमा प्रधानमन्त्रीसँग जिज्ञासा राखेको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ। जवाफमा प्रधानमन्त्रीले एमसीसी परियोजना संसद्‌बाट अनुमोदन भइसकेकोले त्यसको प्राविधिक पक्षमा काम भइरहेको र छिट्टै थप कार्यान्व्यनमा जाने विश्वास दिलाए। 

यस्तै, मन्त्री नुल्यान्डले प्रधानमन्त्रीलाई तत्कालीन माओवादी नेतृत्वमा भएको युद्धमा राज्य र विद्रोही पक्षबाट भएको मानवअधिकार हनन् र वेपत्ताको विषयमा रहेको संक्रमणकालीन न्याय सम्बन्धमा पनि चासो राखेको प्रधानमन्त्रीको सचिवालयले बताएको छ। जवाफमा प्रधानमन्त्री प्रचण्डले यथाशीघ्र उक्त विषयलाई टुङ्ग्याउन सरकार प्रतिबद्ध रहेको बताएका थिए। 

संक्रमणकालीन न्याय सम्बन्धीको विषय अघिल्लो संसद्‌बाटै टुङ्ग्याउनलाई विधेयक संसद्‌मा पेश भएको थियो तर उक्त विधेयक पारित हुन सकेको थिएन।

यस्तै, प्रधानमन्त्रीसँगको भेटमा मन्त्री नुल्यान्डले नेपाल र अमेरिकाबीच आपसी हित र सहयोग आदन प्रदान हुने विषयमा पनि छलफल गरेको प्रधानमन्त्री सचिवालयले बताएको छ।

प्रधानमन्त्रीपछि सत्ता साझेदार दलका प्रमुख नेता तथा एमाले अध्यक्ष केपी शर्मा ओलीलाई भेट्न उक्त पार्टीको संसदीय दलको कार्यालय सिंहदरबार पुगेर मन्त्री नुल्यान्डले एमसीसी र संक्रमणकालीन न्यायकै विषय दोहोर्‍याइन्। उक्त विषयलाई छिट्टै टुङ्ग्याउनलाई एमाले सहयोग गर्नु पर्नेमा मन्त्री नुल्यान्डले आग्रह गरेको भेटमा सहभागी एमाले एक नेताले बताएका छन्। 

Ncell 2
Ncell 2
nimb
nimb

‘संक्रमणकालीन न्यायको विषयमा चासो देखाउनु भयो। यसलाई छिट्टो टुंगो लाउनुपर्ने र त्यसमा एमालेले सहयोग गर्नु पर्नेमा जोड दिनु भएको छ,’ नेपाल  लाइभसँग कुरा गर्दै ती नेताले भने, ‘एमसीसी पनि बिनाअवरोध छिट्टै कार्यान्वयनमा जाओस् भन्नेमा अमेरिका चासो रहेको देखियो।’

यस्तै, मन्त्री नुल्यान्डले संसद्को ठूलो दल नेपाली कांग्रेसका सभापति तथा निवर्तमान प्रधानमन्त्री शेरबहादुर देउवालाई पनि भेटेकी छन्। सो भेटमा पनि सत्ता साझेदारका नेतासँग राखेको चासोको विषयलाई स्मरण गरेको सभापति देउवाको सचिवालयले बताएको छ। 

यस्तै, द्विपक्षीय सम्बन्ध, लोकतन्त्र, विकास र सुशासनमा प्राप्त सहयोग अझ सुदृढ बनाउने विषयमा छलफल भएको सचिवालयले बताएको छ। जवाफमा देउवाले एमसीसीमा राष्ट्रिय सहमति रहेकोले त्यसको कार्यान्वयनको पक्षमम कुनै आशंका नगर्न आग्रह गरेको र नेपाललाई अमेरिकाबाट निरन्तर प्राप्त सहयोग र समर्थनको उच्च मूल्यांकन गर्दै आभार व्यक्त गरेको देउवा सचिवालयले जनाएको छ। 

मन्त्री नुल्यान्डले परराष्ट्रमन्त्री बिमला राई पौड्यालसँग पनि भेटवार्ता गरकी छन्। त्यसलगत्तै काठमाडौंमा केही पत्रकारसँग अन्तरक्रिया गर्दै नुल्यान्डले आफ्नो नेपाल भ्रमणको उद्दश्यबारे स्पष्ट पारेकी थिइन्।

max tiger cn

max tiger cn
tvs-dashain-2083

tvs-dashain-2083

नुल्यान्डले पत्रकारहरूसँग शीर्ष नेतृत्वसँग संक्रमणकालीन न्यायको सम्बन्धमा आफूले चासो राखेको बताउँदै त्यस्ता विषय छिट्टै टुंगोमा पुर्‍याउने पर्नेमा जोड दिइन्। त्यस्तै, पत्रकारहरूसँग छलफल गर्दै नुल्यान्डले नेपालसँग आर्थिक सहकार्य गर्दा आफूहरूले त्यसमा कुनै भ्रष्टचार नहोस् भन्ने चाहेको बताएकी छन्।

उनले अमेरिका र नेपालबीच जनस्तरमा सम्बन्ध रहोस् भन्ने अमेरिकाको चाहना रहेकोले त्यसलाई हितमा राखेर आर्थिक सहकार्य थप बलियो बनाउने बताएकी छन्।

नुल्यान्डले आफ्नो भ्रमण टुंग्याउने क्रममा पत्रकारहरूसँग भनिन्, ‘नेपाल र अमेरिकाबीचको सम्बन्ध जनस्तरमा बलियो रहोस् भन्ने अमेरिकाको चाहना हो। यसले, हाम्रो लोकतान्त्रिक सम्बन्ध बलियो होस् भनेर अमेरिकाले नेपालसँग सहकार्यमा जोड दिएको हो।’

प्रकाशित मिति: सोमबार, माघ १६, २०७९  १९:३४

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
ईश्वर बराल
लेखकबाट थप
कोशी प्रदेशमा सरकारको पूर्णता पहिले कि सदनको?
कोप २८– नेपालले सुनाउला मात्र कि विश्व समुदायले सुन्ला पनि?
सीमा समस्या समाधान गर्ने भनेको चार महिनामै मोदीको ‘विवादास्पद’ भ्रमण
सम्बन्धित सामग्री
कांग्रेस महाधिवेशनमा गगन थापालाई सर्वाधिक मत, टप टेनमा को–को परे ? महाधिवेशनमा निर्वाचित उम्मेदवारमध्ये सर्वाधिक मत प्राप्त गर्ने शीर्ष १० जनाको सूचीमा सभापति थापासहित खुला केन्द्रीय सदस्य, महिला केन... शनिबार, असोज ३१, २०८३
चुकेमा सभापतिबाट हटाउन कांग्रेसलाई गगन थापाको आग्रह: ‘व्यक्ति पार्टीभन्दा ठूलो हुँदैन’ शनिबार ललितपुरको सानेपास्थित पार्टी केन्द्रीय कार्यालयमा आयोजित शपथग्रहण समारोहलाई सम्बोधन गर्दै उनले व्यक्तिगत कमजोरी वा गलत प्रवृत... शनिबार, असोज ३१, २०८३
छुटे किशोर श्रेष्ठ, पन्तसँग तीनबुँदे सहमति सहमति अनुसार श्रेष्ठसम्बन्धी विषय प्रेस काउन्सिल नेपालमा लगिनेछ। त्यस्तै, पन्तले पनि श्रेष्ठविरुद्ध सामाजिक सञ्जालमा पोस्ट नगर्ने सह... शनिबार, असोज ३१, २०८३
ताजा समाचारसबै
लगानी बाेर्डका पुर्व सिईओ भट्ट पक्राउ शनिबार, असोज ३१, २०८३
बाढी प्रभावित ६७ बालबालिकाका लागि ललितपुरमा आवासीय विद्यालय सञ्चालनमा ल्याउँदै महिला बालबालिका मन्त्रालय शनिबार, असोज ३१, २०८३
क्यानडासँग पराजित भएपछि संकटमा नेपाल, शीर्ष ६ मा अटाउन ओमानलाई हराउनैपर्ने दवाव शनिबार, असोज ३१, २०८३
लुम्बिनी विकास कोषको उपाध्यक्षमा आनी छोइङ डोल्मा नियुक्त शनिबार, असोज ३१, २०८३
कांग्रेस महाधिवेशनमा गगन थापालाई सर्वाधिक मत, टप टेनमा को–को परे ? शनिबार, असोज ३१, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
छुटे किशोर श्रेष्ठ, पन्तसँग तीनबुँदे सहमति शनिबार, असोज ३१, २०८३
‘ग्यालेक्सी टीभी मेरो हो, सहकारीको रकमको जिम्मेवारी पनि मेरै हो’ : जीबी राई शनिबार, असोज ३१, २०८३
कलाकार पन्तको जाहेरीमा पत्रकार किशोरलाई पक्राउ गर्न प्रहरी घरमा, किशोरको उजुरी भने सुनिएन शनिबार, असोज ३१, २०८३
क्यानडासँग पराजित भएपछि संकटमा नेपाल, शीर्ष ६ मा अटाउन ओमानलाई हराउनैपर्ने दवाव शनिबार, असोज ३१, २०८३
साइबर ब्युरोबाट छुटेपछि किशाेर श्रेष्ठले के भने? शनिबार, असोज ३१, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
सम्पदा हेर्न मात्रै होइन, नेपाली चाडपर्वमा रमाउन आउँछन् पर्यटक : विनायक शाह नेपाल लाइभ
आर्थिक संकट र सरकारसँग निजी क्षेत्रको अपेक्षा अञ्जन श्रेष्ठ
दशैंले राष्ट्रिय समस्या पहिल्याउन संवाद गर्न सकोस नेपाल लाइभ
परिवारभित्रको पर्व जितिया रामदयाल राकेश
सबै हेर्नुहोस
ब्लग
सर्वाेच्चकाे इजलास गठनकाे विवादकाे निकास के हाे ? शुक्रबार, असोज २३, २०८३
अदालतभित्रका बिचौलिया र चोलेन्द्रको पक्राउ एकाएक भएको होइन सोमबार, असोज १२, २०८३
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
सबै हेर्नुहोस
लोकप्रिय
मुग्लिन–काठमाडौं सडकखण्ड पुन: बन्द आइतबार, असोज २५, २०८३
निजामती सेवामा ३०\५५ को प्रस्ताव तत्काल कार्यान्वयन हुँदैन, अध्यादेश ल्याउने योजना पनि छैन : मन्त्री रावल सोमबार, असोज २६, २०८३
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट हिमालयन एयरलाइन्सका कर्मचारी पक्राउ मंगलबार, असोज २७, २०८३
अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा झुठा उजुरी दिएपछि... बिहीबार, असोज २९, २०८३
एउटै वडाका चार युवा प्रहरी असईमा छनोट, सामुदायिक शिक्षाको सफलता मंगलबार, असोज २७, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्