प्रतिकात्मक तस्बिर
काठमाडौं– पोखरामा आत्मदाहको प्रयास गरेका एक पुरुषलाई बचाउन जाँदा जलेर गम्भीर घाइते भएकी महिलाको मृत्यु भएको छ। आइतबार पोखराको काहुँखोलाका ४३ वर्षीय कृष्ण क्षेत्रीले बाथरुममा छिरेर आफ्नो शरीरमा पेट्रोल छर्केर आगो लगाएका थिए।
आफैंलाई आगो लगाएर आत्मदाहको प्रयास गरेका क्षेत्रीलाई बचाउन गएकी संगीता सापकोटा जलेर गम्भीर घाइते भएकी थिइन्। उनीहरु दुबै जनालाई उपचारका लागि पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान लगिएको थियो। उपचारको क्रममा सापकोटाको मृत्यु भएको हो।
आत्मदाहको प्रयास गरेका क्षेत्री सापकोटाको घरमा सटर भाडा लिएर स्टेशनरी सञ्चालन गर्दै आएका व्यक्ति हुन्। उनको अहिले उपचार भइरहेको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।