काठमाडौं– सूचनालाई नियन्त्रण गर्ने गरी ‘सूचना वर्गीकरण’ गर्ने निर्णयबाट सरकार पछि हटेको छ। सोमबार नेपाल पत्रकार महासंघ लगायत सूचनाको हकका क्षेत्रमा कार्यरत सरोकारवालासँगको छलफलपछि सरकारले सूचना गोप्य राख्ने कार्य हाललाई स्थगित गर्ने संकेत गरेको हो।
सोमबार सरोकारवाला सँगको छलफलमा मुख्यसचिव शंकरदास बैरागीले सूचना वर्गीकरणको निर्णय कार्यान्वयन नहुने प्रतिबद्धता जनाए।
मुख्यसचिव बैरागी नेतृत्वको सूचनाको वर्गीकरणसम्बन्धी समितिले ७८ प्रकारका सूचनाहरु गोप्य रहने गरी वर्गीकरण गर्ने निर्णय गरेको थियो। जसबारे पुस २९ गते राष्ट्रिय सूचना आयोगलाई समेत जानकारी गराइएको थियो।
उक्त वर्गीकरण सार्वजनिक भएलगत्तै सूचनाको हकका क्षेत्रमा काम गरेका अभियन्ता र नेपाल पत्रकार महासंघले कडा आपत्ति जनाएका थिए। प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले सूचनाको वर्गीकरणबारे अनविज्ञता जनाउँदै सरोकारवालाहरुसँग छलफल गरिने जनाएका थिए।
सोमबार सरोकारवालाहरुसँगको छलफलपछि सरकार सूचना गोप्य राख्ने निर्णयबाट पछि हटेको हो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।